इटालियन निर्देशक बर्नार्डो बर्टोलुसीको ७७ वर्षको उमेरमा निधन
- मंगलबार, ११ मंसिर, २०७५
- 3 years ago
- कला र मनोरञ्जन
- अन्तर्राष्ट्रिय

एजेन्सी । ‘लाष्ट ट्याङ्गो इन पेरिस’ लगाएतका फिल्म बनाउने इटालियन निर्देशक बर्नार्डो बर्टोलुसीको ७७ वर्षको उमेरमा निधन भएको छ । निर्देशक बर्टोलुसी क्यान्सरबाट पीडित थिए । उनले करिब एक दशकदेखि ह्वीलचेयरको साहारामा जीवन बिताइरहेका थिए ।
निर्देशक बर्नार्डो बर्टोलुसीलाई इटालियन फिल्म उद्योगमा ६० दशकसम्ममा ठूलो परिवर्तन गर्ने ब्यक्तिको रुपमा चिनिन्छन् । सन् १९८७ मा उनले ‘लास्ट एम्परर’ नाम फिल्म बानाएका थिए । जुन फिल्म इटालीमा मात्र नभएर विश्वभर नै चर्चित बनेको थियो ।
यो फिल्मले ओस्कार अवार्डको नौ विधामा अवार्ड पाएको थियो । निर्देशक बर्नार्डोलाई पनि ओस्कार अवार्डबाट सम्मानित गरिएको थियो ।
निर्देशक बर्नार्डोको जन्म १९४१ मा भएको थियो । उनको बुबा एक कवि र अध्यापक थिए । उनको फिल्ममा राजनीतिक मुद्धालाई छुवाएका हुन्थे, भने आफ्नो फिल्ममा कम्युनिजमको मुद्धा उठाउँथे । बर्नार्डोले दुई महानायकसँग काम गर्ने मौका पनि पाएका थिए ।
सन् १९७२ मा ‘लास्ट ट्याङ्गो इन पेरिस’ मा मार्लन ब्रैडोका साथमा काम गरेका थिए । निर्देशक बर्नार्डोको बैवाहिक जीवनको कुरा गर्नुपर्दा सन् १९७८ मा फिल्ममेकर क्लेर पिपलाईसँग विवाह गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल
- 7 minutes ago
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग
नेप्सेमा उच्च अंकको वृद्धि
- 15 minutes ago
काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु
- 33 minutes ago

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।