पर्यटनमन्त्री भट्टराईद्वारा टरिगाउँ विमानस्थलको अनुगमन

  • शुक्रबार, १० माघ, २०७६
  • 7 months ago
  • नेपाल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको आज स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् । 

 

सो क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विमानस्थलका बारेमा जानकारी गराउँदै ७५० मिटर लम्बाइ रहेको उक्त विमानस्थललाई एक हजार २०० मिटर बनाउन पर्याप्त जमिन भएकाले यसको स्तरवृद्धि गर्न कुनै कठिनाइ नभएको बताए । 

 

उनले उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि यात्रुको चाप बढेको भन्दै विमानस्थलको स्तरवृद्धि गरेर ठूलो विमान ल्याएमा सहज हुने बताए। टरिगाउँ विमानस्थल वातावरणीय हिसाबले पनि उत्तम रहेको भन्दै उहाँले अहिले विमानस्थलमा इन्धन डिपो र ब्राउजर आवश्यक रहेको जानकारी दिए। 

 

प्रमुख पाण्डेले दाङमात्रै नभई, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, प्यूठान, जाजरकोट, सुर्खेतलगायतका करिब १० लाख मानिसलाई यो विमानस्थलबाट सेवा प्रवाह गर्न सकिने बताए । 

 

सो अवसरमा मन्त्री भट्टराईले यस वर्ष टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि बजेट विनियोजन भएको बताए । आगामी वर्ष पनि विमानस्थल विस्तारका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

  • 1 minute ago
विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो ।

२२ दिनको अस्पताल बसाईपछि डा भोला रिजाल दम्पती कोरोनामुक्त

  • 10 minutes ago
२२ दिनको अस्पताल बसाईपछि डा भोला रिजाल दम्पती कोरोनामुक्त

काठमाडौँ । बरिष्ठ चिकित्सक भोला रिजाल‍ र उनकी श्रीमती कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन्। भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि गत भदौ १४ गतेबाट रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका थिए।

आजै १२ औं पटक मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने ! सम्भावित मन्त्रीहरु को ?

  • 33 minutes ago
आजै १२ औं पटक मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने ! सम्भावित मन्त्रीहरु को ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् । आइतबार पेरिसडाँडामा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्ग



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।