अन्तर्राष्ट्रिय विद्यार्थी परिषद् अस्ट्रेलियाको नेतृत्वमा पुनः सापकोटा
- ज्ञानेन्द्र पौडेल
- बिहीबार, १४ आषाढ, २०७५
- 4 years ago
- अष्ट्रेलिया

सिड्नी । अस्ट्रेलियामा अध्ययनरत विश्वभरका ६ लाख भन्दा बढी विद्यार्थीहरुको नेतृत्वदायी संस्थाको अध्यक्ष पदमा नेपाली विद्यार्थी विजय सापकोटा पुनः विजयी भएका छन् ।
काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स् (सिसा) अर्थात अन्तर्राष्ट्रिय विद्यार्थी परिषद्को अध्यक्षमा नेपाली विद्यार्थी सापकोटा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
क्विन्स्ल्याण्डको केन्समा सम्पन्न राष्ट्रिय अधिवेशनमा सापकोटा सर्वसम्मत अध्यक्ष पदमा चुनिएका हुन् । सापकोटाको कार्यसमितिमा उपाध्यक्षमा दुबई, सचिवमा कोलम्बिया, कोषाध्यक्ष रपब्लिक रिलेसन अफिसरमा भारतीय विद्यार्थी निर्वाचित बनेका छन् । त्यस्तै वेलफेयर अफिसरमा भने श्रीलंकाले नेतृत्व पाएको छ ।
दोस्रो कार्यकालमा निर्वाचित भएसँगै अध्यक्ष सापकोटाले अबको कार्यकालमा संस्थाको संविधान संशोधन, कार्यक्षेमा हुने शोषण, एजेण्ट लगायतका विषयमा केन्द्रित रहने बताए । उनले भने, ‘अघिल्ला कार्यकालमा सुरु गरेका कार्यक्षेत्र शोषण, विद्यार्थीहरुको मानसिक स्वास्थ्य लगायतका केही काम सम्पन्न गर्नुपर्ने छन् । त्यस्तै अबको कार्यकालका लागि पनि एजेण्टहरुको प्रभावकारी नियमन लगायतका केही एजेण्डा तोकेको छु । बाँकी विषय अन्य पदाधिकारीहरुको केही एजेण्डा हुनसक्छन् । पहिलो बैठकपछि अझै ठोस मुद्धामा अघि बढ्छौं ।’
अध्यक्ष सापकोटाका अनुसार सिसाको संविधान आर्थिक वर्षसँग नमिलेको, अडिटको प्रतिवेदन आउने समय फरक फरक भएको, बिडिङको समय लगायतका विषयले कार्यसंचालनमा कठिनाई पुर्याएको भन्दै परिवर्तन गर्ने दिशामा अघि बढेको बताए ।
अध्यक्ष सापकोटा हाल सिड्नीस्थित युनिभर्सिटि अफ टेक्नोलोजीमा इन्जिनियरिङ विषय अध्ययन गरिरहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
- 4 hours ago

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन्। सोमबारको संसद बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन्।
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु
- 5 hours ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।
ओलीजीलाई मैले दुईपटक प्रधानमन्त्री बनाएँ, ब्याज तिर्नुभयो, एउटा अझै बाँकी छः प्रधानमन्त्री
- 5 hours ago

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अझै एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रमम
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।