कसरी खिचियाे विश्वलाई तरंगित बनाउने ब्ल्याकहाेलकाे पहिलाे फाेटाे ?

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । बुधबार बेलुकी फैलिएको एक समाचारले विश्वव्यापी रुपमा चर्चा पायो । किनकी समाचारले ब्रह्माण्ड विज्ञानमा अहिलेसम्म हुन नसकेको ब्ल्याक होलको तस्वीर खिचिएको तथ्य उजागर गरेको थियो । खगोलशास्त्र र ब्रह्माण्ड विज्ञानमा यसलाई अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । 

 

ब्ल्याक होल हालसम्म सैद्धान्तिक तवरमा मात्रै स्थापित थियो । यसको तस्वीर खिच्ने कार्यलाई धेरैले असम्भव ठान्थे । तर असम्भव केही हुँदैन भन्ने उक्ति फेरि एकचोटी स्थापित भएको छ । असम्भवप्राय ठानिएको यो कार्य सम्भव भएसँगै भौतिक विज्ञानको क्षेत्रमा नयाँ तरंगको सञ्चार भएको छ ।

 

सूर्यको पिण्डभन्दा ६ अर्ब ५० गुणा ठूलो र पृथ्वीबाट ५ करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको उक्त ब्ल्याकहोललाई आफ्नो क्यामेरामा कैद गरेपछि खगोलशास्त्रीहरूले यसलाई मोन्स्टर अर्थात् राक्षसको संज्ञा दिएका छन् ।

 

कसरी खिचियो फोटो ?

 

ब्ल्याक होलको फोटो खिच्ने प्रस्ताव पहिलोपटक प्राध्यापक फाल्केले आफू विद्यावारिधीको विद्यार्थी छँदै सन् १९९३ मा राखेका थिए । त्यतिबेला धेरैले यो कार्यलाई असम्भव ठान्थे । तर उनले ब्ल्याक होलबाट केही रेडियो तरंगहरु फर्किने भएकाले शक्तिशाली टेलिस्कोपको सहायताले पृथ्वीबाटै त्यसबारे थाहा पाउन सकिने बताए ।

 

 

प्राध्यापक फाल्केले त्यो प्रस्ताव राखेको २० वर्ष पछि युरोयिन रिसर्च काउन्सिलले यो अनुसन्धानका लागि बजेट छुट्याउन तयार भयो । त्यसपछि ‘नेसनल साइन्स फाउन्डेसन’ र पूर्वी एसियाका एजेन्सीहरु पनि यो परियोजनामा जोडिए। कूल ४० करोड पाउन्ड स्टर्लिङको बजेट जम्मा भयो ।

 

‘यो निकै लामो यात्रा थियो जसलाई म आफ्नै आँखाले देख्न चाहन्थे’, प्रा. फाल्केले बिबिसीसँग भनेका छन्, ‘म यो यथार्थ भएको जान्न चाहन्थेँ।’

 

एउटा मात्र टेलिस्कोपले ब्ल्याक होलको फोटो खिच्नु सम्भव थिएन। त्यसैले हावर्ड–स्मीथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्रा। सेफर्ड डोलेमनको नेतृत्वमा यो अनुसन्धान थालियो। यसका लागि आठवटा टेलिस्कोपको नेटवर्क तयार पारियो। संयुक्त रुपमा यिनीहरुलाई ‘इभेन्ट होराइजन टेलिस्कोप’ भनियो।

 

यिनीहरुलाई निम्न स्थानमा राखियो – हवाइको र मेक्सिकोको ज्वालामुखी, एरिजोना र स्पेनिस सियरा नेभेडाको हिमाल, चिलेको अटकामा मरुभुमी र अन्टार्टिका । २०० जना वैज्ञानिक १० दिनसम्म अनवरत रुपमा खटे ।

 

यी टेलिस्कोपले जम्मा गरेका सूचना यति धेरै थिए जसलाई इन्टरनेटबाट पठाउन सम्भव नै थिएन । त्यसैले सयौैं हार्ड ड्राईभमा जम्मा भएका सूचनालाई अमेरिकाको बोस्टन र जर्मनीको बोनमा रहेका सेन्ट्रल प्रोसेसिङ सेन्टरमा पठाइयो। त्यहाँ यी सूचनालाई एकै ठाउँमा जोडियो।

 

प्रा. डोलेमन यो उपलब्धीलाई असाधारण वैज्ञानिक उपलब्धी भन्छन् । ‘एक पुस्ता अगाडिसम्म पनि असम्भव मानिने काम हामीले पूरा गरेका छौं’, प्रा. डोलेमोनले भने ।

 

(एजेन्सीकाे सहयाेगमा)


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

  • 10 hours ago
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर

धानबाडा गाउँ

  • 10 hours ago
धानबाडा गाउँ

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–४, धानबाडास्थित गाउँ।

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

  • 10 hours ago
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।