Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थसिटी एक्सप्रेस जापानले सञ्चालनमा ल्यायो मोबाइल रेमिट्यान्स सेवा

सिटी एक्सप्रेस जापानले सञ्चालनमा ल्यायो मोबाइल रेमिट्यान्स सेवा


काठमाडौँ। सिटी एक्सप्रेस जापानले मोबाइल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि कम्पनीले मोबाइल एप्लिकेसन’सिटी मोबाइल वालेट’ सेवा सुरु गरेको जनाएको छ। उक्त एप्लिसकेसन गुगल एप्सबाट डाउनलोड गरी इमेलको मद्दतबाट रजिष्ट्रेसन गरी सेवा लिन सकिने कम्पनीको भनाइ छ।

सिटी मोबाइल वालेट’ नामक उक्त एप्लिकेसन मार्फत नयाँ रिसिभर थप गर्न र जुनसुकै समयमा संसारभरीबाट पैसा पठाउन मिल्ने व्यवस्था गरिएको छ। वालेटमा ३ तरिकाबाट रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।

सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफु अनुकुल समय र जुनसुकै स्थानबाट एक क्लिकमा पठाउन सकिने विशेषता उक्त एप्लिकेसनमा रहेको कम्पनीले जनाएको छ।

नयाँ एप्लिकेसनसँग कम्पनीले प्रयोगकर्तालाई रिवार्ड पोइन्टको पनि व्यवस्था गरेको छ। मोबाइल एप्लिकेसन डाउनलोड गरेर रजिष्ट्र पुरा हुनसाथ नयाँ सदस्यले ५ समय पोइन्ट रिवार्ड पाउने व्यवस्था पनि गरिएको छ। साथै साथीहरुद्ये नयाँ सदस्य बन्न लागि सिफारिस गरेकमा थप ५०० रिवार्ड थपिने कम्पनीले जानकारी दिएको छ। यस्तै हेरक पटक पैसा पठाउँदा सेवा शुल्कको १०५ पोइन्ट रिवार्ड प्राप्त गर्न सकिने छ।

विगतका प्रयोगकर्ताले एप्लिकेसन अपडेट गर्नसाथ उक्त सुविधा सुविधा पाउने भएका छन्। यस सेवा मार्फत संसारभरीका २०० राष्ट्रहरुमा रकम पठाउँन सकिने व्यवस्था रहेको छ। घरमै वसेर सजिलै पैसा पठाउन मिल्ने सुविधा यस एप्लिकेसनमा थप गरिएको कम्पनीले जनाएको छ।

सिटी एक्सेप्रेसको मोबाइल रेमिट सेवा मार्फत ग्राहकलाई अझै सहजता थपिएको सिटी एक्सप्रेस जापानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT