सिड्नीमा बीपी स्मृति दिवस; गणतन्त्रमा पनि बीपीका विचारहरु सान्दर्भिक

Global IME
Mega Bank
Norvic Hospital

सिड्नी । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा  अस्ट्रेलियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जन सम्पर्क समिति अस्ट्रेलियाले यही २२ जुलाई आइतवार सिड्नीको एस्वोरीमा आयोजना गरेको कार्यक्रमहरुमा सहभागिहरुले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए ।

 

जनसम्पर्क समिति अस्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ तेन्जि शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले नेता कोइरालाले अघि सारेको प्रजातन्त्र, राष्ट्रबाद र समाजवाद जस्ता मुद्द अहिलेको गणतान्त्रीका नेपालमा पनि परिहार्य रहेको भनाइ रखेका थिए ।

 

कार्यक्रको प्रमुख अतिथी नेपाली कांग्रेस खोटाङबाट प्रतिनिधि सभाका लागि प्रत्यासी सरस्व्ती बजमाईले लोकतन्त्रिक आदर्श, मुल्य र मन्यता एवं लोकतान्त्रिक संकार र संस्कृतिको पर्याय बिपि कोइराला रहेको बताइन । 

 

कार्यक्रममा ओभरसिज नेपाली फोरम अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, संघिय समाज अस्ट्रेलियाका अध्यक्ष गणेश तामाङ, एसोसिएसन अफ नेपाल तराइ इन अस्टे«लियाका अध्यक्ष अरुण ठाकुर, प्राज्ञद्धय डा मित्र परियार र डा डिल्ली बन्जाडे, एन आर एन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, प्रवक्ता डिला खरेल, अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, झापाली समाज अस्टे«लियाका अध्याक्ष दिपक चुडाल, ब्यवसायि महेन्द्र कुमार लम्साल, भिष्म भण्डारी,  नयाँका अध्यक्ष प्रकाश खरेल, रामजी बस्नेत, महासमिति सदस्य कञ्चन पोखरेल र पत्रकार मनऋषि धितालले आफ्नो आस्था, आदर्श र सिद्धान्तबाट अलिकति पनि बिचलित नभइकन देश र जनताको हकहितको लागि  लडिरहने बीपी कोइरालाको अदर्श र सिद्धान्त राणा शासन देखि पञ्चायत हुदै लोकतन्त्रमा पनि सान्दर्भिकतबारे चर्चा गरेका थिए । 

 

विश्वामित्र खनालले संचालन गरेका अन्तरक्रिया कार्यक्रममा बीपी स्मृती प्रतिष्ठान अस्ट्रेलियाका अध्यक्ष दुर्गा आचार्यले पठाएको शुभकामान संदेश पढर सुनाइएको थियो  । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 3 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।