थाहा पाउनुहोस्, तपाईको औला अनुसार तपाईको स्वभाव कस्तो ?

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

 

हाम्रो शरिरको विभिन्न अंगहरुजस्तै हातको औलाले पनि तपाईको बारेमा धेरै कुरा भनिरहेको हुन्छ । जान्नुहोस् हातको कस्तो औंला हुनेहरुको स्वाभाव कस्तो हुन्छ ।

 

हेर्नुहोस् तपाई पनि तपाईको औला अनुसार तपाईको स्वभाव कस्तो ?

 

१.  सिधा बुढी औला

 

एकदम प्रोफेसनल, सफलता प्राप्ति गर्ने र यस्ता व्यक्तिहरुको जीवन एकदम ब्यबस्थित हुन्छन। यिनीहरु एकदम अनुसासनमा बस्छन। यिनीहरुको जीवनको लक्ष्य भनेको धेरै पैसा कमाउनु र इज्जत कमाउनु हुन्छ। यस्ता व्यक्तिहरु एकदम घमण्डी, स्वार्थी र अहंकारी हुन्छन ।

 

आफ्नो जीवनको एक मिनेट पनि खेर जान दिदैन। देखाउनको लागि कसैलाई पनि सहयोग गर्दैन्। यदि कसैले माग्न आएमा अस्विकार पनि गर्दैनन। काम नगर्ने कुरा मात्र गर्ने यस्ता मान्छे उनिहरुलाई पटक्कै मन पर्दैन। उनीहरुको बैबाहिक जीवनमा श्रीमान र श्रीमतीको सम्बन्ध एकदम राम्रो हुन्छ। बच्चा पनि राम्रो हुन्छन।

 

तर आफन्त साथी भाई संग भने सम्बन्ध नराम्रो हुन्छ किनकि प्राय मान्छेहरु उनलाई एकदम स्वार्थी ठान्छन। आफ्नो समस्या कहिले अरुलाई नसुनाउने भएका कारण यस्ता व्यक्तिलाई साथी भाई आफन्तले नराम्रो मान्ने गर्छन।

 

२. अलि कति बांगो बुढी औला

 

यदि जीवनमा जिन्दगीको अरुबाट मज्जा लिन मन छ भने यस्ता मान्छेको संग जानुहोस्। यस्ता मान्छे आफ्नो काम गर्न मन पराउछ। यदि काममा गए पनि त्यहा सबैको मन जित्न सफल हुन्छन। हरेक काममा सकरात्मक सोच लिन्छन।

 

बैबाहिक जीवन एकदम सुखमय हुन्छ। तर नोकरीको मामिलामा भने अलि अफ्ट्यारो पैदा हुन्छ। उनीहरु इमान्दारीले भरिपूर्ण हुन्छन्। जीवनलाई गम्भीर रुपमा सोच्छन्। नोकरीमा टिकिरहन उनलाई गाह्रो हुन्छ। तर व्यापार व्यवसायमा संलग्न रहेमा एकदम लाभ उठाउन सक्छन।

 

एकदम दयालु हुन्छन। यदि कसैले सहायोग मागेमा आफुसंग नभएपनि अरु संग मागेर भए पनि दिन तयार हुन्छन। आमा, बुबालाई एकदम माया गर्छन। घर व्यबस्थापन एकदम राम्रो तरिकाले गर्ने गर्छन।यिनीहरुको जीवनमा पैसाको कमि हुदैन। जीवनको अन्तिम पल एकदम सुखमय हुन्छ।

 

३. पुरै बाङ्गिएको बुढी औला

 

यस्ता मान्छे अलिकति पनि घमण्डी हुदैनन, स्वार्थी पनि हुदैन् एकदम गाई जस्तै सोझ हुन्छन। जस्तो सुकै समस्या आएपनि तुरन्तै समाधान गर्न सक्छन। यस्ता मान्छे अरुलाई गफ गर्न मन पर्दैन अरुलाई पछाडीबाट सहयोग गर्न तयार हुन्छन।

 

यस्ता व्यक्तिलाई राजनीतिक एकदम फाप्छ। ठुलो मान्छे बन्ने सम्भाना हुन्छ तर जीवनमा आर्थिक समस्या भने आइ परिरहन्छ। यस्ता समस्या आइ परे पनि समस्या समाधान गर्न सफल हुन्छन।

 


थप समाचार

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

  • 7 minutes ago
उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

काठमाडौं । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

  • 20 minutes ago
फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौं । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।

प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

  • 37 minutes ago
प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

काठमाडौँ । अभिनेत्री पुजा शर्माप्रति टेलिभिजन कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीले गरेको टिप्पणीको व्यापक आलोचना भएपछि उनले माफी मागेका छन्।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।