राष्ट्रपति निर्वाचनमा इभो मोरालेस पुनः विजयी भएको दाबी, विपक्षी नेताद्वारा व्यापक धाँधली गरेको आरोप

Global IME
Norvic Hospital

एजेन्सी । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन् । 

 

राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै देशव्यापी विरोध प्रदर्शन भइरहेका छन् ।

 

बोलिभियाको निर्वाचन आयोगले करिब ९९ प्रतिशत मतगणना हुँदा राष्ट्रपति मोरालेस विजयी भएका  घोषणा गरेको छ । 

 

मोरालेसले कूल खसेको मतको ४७.१ प्रतिशत मत प्राप्त गरेको आयोगको भनाई छ । उहाँका विपक्षी कार्लोस मेसाले ३६.५ प्रतिशत मत प्राप्त गरेका छन् । 

 

बोलिभियाको संविधान र निर्वाचन कानुन अनुसार दोस्रो चरणको मतदानका लागि दुई उम्मेदवारबीच न्यूनतम १० प्रतिशत मतान्तर हुनु आवश्यक छ । 

 

निर्वाचन आयोगको मतगणना प्रक्रियामाथि विपक्षीहरुले निरन्तर आलोचना गरिरहेका थिए । मोरालेसका उपराष्ट्रपति समेतले निर्वाचन प्रक्रियाको विरोध गरेका थिए ।

 

मोरालेसले नयाँ पदावधिका लागि सपथ लिएसँगै उनी आगामी सन् २०२५ सम्म मुलुकको राष्ट्रपति हुन पाउनेछन् । 

 

बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने प्रावधान छ, तर सर्वोच्च अदालतले उक्त प्रावधान फुकुवा गरेको छ । सर्वोच्चकै आदेश बमोजिम उनी राष्ट्रपतिका लागि चौथो पटक उम्मेदवार भएका थिए ।

 

विपक्षी नेता मेसाले मोरालेसको दल मुभमेन्ट फर सोसलिज्म (मास) ले निर्वाचनमा व्यापक धाँधली गरेको आरोप लगाएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

  • 15 minutes ago
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 50 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।