Techie IT
२०८२ वैशाख ३०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलमछिन्द्रलाई उपाधि होडमा धक्का

मछिन्द्रलाई उपाधि होडमा धक्का


काठमाडौँ। उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई नेपाल पुलिस क्लबले हराएको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार च्यासल रंगशालामा भएको खेलमा पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो।

पुलिसको जितमा मोसेस ग्याबाह त्वामले दुई गोल गरे। त्यस्तै, मछिन्द्रका आफिज ओलावालेले एक गोल गरे।

खेलको २७ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ७५ औं मिनेटमा मोसेसले फ्रिकिक मार्फत गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए। त्यस्तै, खेलको ८१ औं मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाएका हुन्।

लिगमा २४ खेल खेलेको पुलिसको ३७ अंक रहेको छ। समान खेल खेलेको मछिन्द्रको ३९ अंक रहेको छ।

शीर्ष स्थानमा रहेको चर्च बोइज युनाइटेडको २४ खेलबाट ४४ अंक रहेको छ। चर्च बोइजले बाँकी दुई खेलबाट मात्र १ अंक जोडे उपाधि जित्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

Techie IT