Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालमेयर दाहाल र चीनको छोङछिङसहरका पदाधिकारी बीच भेटघाट

मेयर दाहाल र चीनको छोङछिङसहरका पदाधिकारी बीच भेटघाट


काठमाडौँ । भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र चीनको छोङछिङसहरका जनसरकारका राजनीतिक परामर्श समितिका पदाधिकारी बीच भेटघाट सम्पन्न भएको छ ।

चीन भ्रमण रहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग छोङछिङ सहरका सरकार राजनीतिक परामर्श समितिका अध्यक्ष चेङ लिहुवाले भेट गरेकी हुन् ।

भेटघाटका क्रममा उनीहरु बीचमा दुई सहरबीच सुरुआत भएको भगिनी सम्बन्ध, भौतिक पूर्वाधार, सूचना प्रविधि, शिक्षा, कृषि, पर्यटन, हरियाली वातावरणलगायतका क्षेत्रमा सहकार्य र लगानीका सम्भावित क्षेत्रमा कुराकानी भएको जनाइएको छ ।

सो अवसरमा महानगर प्रमुख दाहालले अध्यक्ष लिहुवालाई भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा भरतपुर भ्रमणको निमन्त्रण दिएकी थिइन् । सो अवसरमा भरतपुर महानगरपालिकाका तर्फबाट उपप्रमुख चित्रसेन अधिकारी, महानगरका कर्मचारी, चीनस्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारीको सहभागिता रहेको भरतपुर महानगरपालिकाले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT