चीन व्यापार वातावरण अझ राम्रो बनाउन प्रयासरत

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

बेइजिङ, चीन । चीनका राष्ट्रपति सी चिन फिङले व्यापार वातावरण अझ राम्रो बनाउन सरकार प्रयासरत रहेको शनिबार बताएका छन् । 

 

चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जन काँग्रेसमा पेश गरिएको सरकारी कार्य प्रतिवेदनबारे आफ्नो धारणा राख्दै उनले भने, “बजारको मुख्य पक्षको जीवन्त शक्तिलाई प्रोत्साहित गरिँदै व्यापार वातावरणलाई सुधार गरिनु सरकारका १० वटा मुख्य कार्यभारहरूमध्येको एक रहेको छ ।” 

 

उनले भने, “व्यापार वातावरण अझ राम्रो बनाउन सरकार तथा पार्टी लागिपरेको तर सबैभन्दा राम्रो अवस्था भने भैनसकेको उनले बताए । 

 

विश्वमा सबभन्दा ठूलो विकासोन्मुख मुलुक चीनमा व्यापार वातावरण तथा अन्तर्राष्ट्रियस्तरको व्यापार वातावरण बीच ठूलो अन्तर रहिरहेकोले यस अन्तरलाई साँघुरो पार्न चीनले सुधारलाई गहन पार्दै खुलापनलाई विस्तार गर्दै जाने उनको भनाई थियो । 

 

राष्ट्रिय आर्थिक प्राविधिक विकास क्षेत्र, उच्च र नयाँ प्रविधि उद्योग क्षेत्रको समर्थन गर्न चीन सरकारले स्वतन्त्र व्यापार परिक्षात्मक क्षेत्रलाई अझ ठूलो नवीन अधिकार दिने योजना गरेको छ । 

 

ती योजनाहरूबाट विदेशी लगानी लगायत बजारमा थप जीवन्त शक्ति र नवीन क्षमता प्रोत्साहन गरिने छ र चीन र विश्व अर्थको मिलनलाई अझ घनिष्ट पारिने छ। लगानीको लागि चीन अझै आकर्षक गन्तव्य हुँदै जानेछ, सीले भने ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

  • 10 minutes ago
आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 10 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 11 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।