सबैभन्दा धेरै भ्रष्टाचार हुने जिल्लामा तनँहु तेस्रो

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बुधबार, २५ भदौ, २०७६
  • 3 years ago
  • नेपाल

काठमाडौँ । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचारका उजुरी पर्ने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो ।

 

जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परेका आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा पनि १२ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परिसकेको छ । भ्रष्टाचारका उजुरीमध्ये ४२ उजुरी फछ्र्यौट भइसकेका छन् भने सात उजुरीमा भ्रष्टाचारजन्य कार्य भएको प्रमाण भेटिएकाले थप अनुसन्धान भइरहेको रिजालले बताए ।

 

जिल्लामा भ्रष्टाचारजन्य सात उजुरीमध्ये चार स्थानीय तहमा, दुई भौतिक पूर्वाधारतर्फ र एक शिक्षातर्फ रहेका छन् । स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो–तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिशमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेको उजुरी कार्यालयमा परेका छन् । 

 

सूचना अधिकारी रिजालका अनुसार उपभोक्ता समिति गठन प्रक्रियामा आफू अनुकूल व्यक्ति छनोट गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, राजश्व छली तथा नियमित बैंक दाखिला नगर्ने तथा योजना स्वार्थ प्रेरित तरिकाले फेर्ने गरेको उजुरी आयोगमा परेको छ । 

 

त्यस्तै भौतिक पूर्वाधारतर्फ आर्थिक वर्षको अन्त्यमा काम गर्ने, बढी सामान खरीद गर्ने, लागत स्टिमेट तयारीमा बदनियतपूर्ण तरिकाले गर्ने, नक्कली बिल भर्पाइ बनाई भुक्तानी दिने तथा ठेकेदार र प्राविधिकसँग अवाञ्छित गतिविधि गर्ने र हिस्सेदारी खोज्नेजस्ता विषयमा आयोगमा उजुरी परेको जनाइएको छ । शिक्षा, स्वास्थ्यतर्फ भवन निर्माण, शौचालय निर्माण, नक्कली प्रमाणपत्र, विद्यालयको जग्गा बेचबिखनलगायतका उजुरी आयोगमा परेका छन् ।

 

बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो र पर्वत दोस्रो स्थानमा छन् । त्यसपछि क्रमशः स्याङ्जा, लमजुङ, बागलुङ, म्याग्दी, गोरखा, मुस्ताङ, नवलपुर छन् । कास्कीमा मात्रै गत वर्ष ४२७ भ्रष्टाचारका उजुरी परेका थिए । प्रदेशभरि कूल ८३२ उजुरी दर्ता भएकामा ५४५ उजुरी फछ्र्यौट भइसकेका आयोगले जनाएको छ ।

 

जनप्रतिनिधिविरुद्ध उजुरी बढ्यो

 

स्थानीय तहमा निर्वाचित भएर आएपछि देशभर जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी पर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले जानकारी दिए । जनप्रतिनिधिविरुद्ध उजुरी बढेकाले कानूनको अधिनमा रहेर मात्रै काम गर्न उनले जनप्रतिनिधिलाई सुझाव दिए । “यथेष्ट प्रमाण पाए जनप्रतिनिधिलाई पनि कारवाही हुन्छ”, उनले भने ।

 

आयुक्त डा गुरुङले समृद्ध मुलुक निर्माणका लागि भ्रष्टाचारको अन्त्य हुन आवश्यक रहेको बताए । मानसिकताबाटै भ्रष्टाचारको अन्त्य नभएसम्म भ्रष्टाचार न्यूनीकरण गर्न कठिन रहेकाले भ्रष्टाचार अन्त्य गर्ने अभियानमा सबैले सहयोग पु¥याउनुपर्ने उनको भनाइ छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 8 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

  • 8 hours ago
युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

  • 8 hours ago
चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।