बहिनीले आत्महत्या गरेपछि झड्केलाे बुवाविरूद्ध दिदीले दिइन् उजुरी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • मंगलबार, १७ बैशाख, २०७६
  • 3 years ago
  • नेपाल
सांकेतिक तस्वीर

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा १० वर्षीया बालिकाले आत्महत्या गरेपछि उनकी दिदीले बलात्कारको प्रयास भएको भन्दै बुबाविरुद्ध उजुरी दिएकी छन् ।

 

आइतबार आफ्नै घरमा झुण्डिएको अवस्थामा बहिनीको शव फेला परेपछि उनकी १४ वर्षीया दिदीले झड्केलो बुवाबिरुद्ध बलात्कार प्रयासको किटानी जाहेरी दिएकी हुन् ।

 

उजुरीले दिदीले झड्केलो बुबाले गत बैशाख १ गते आफैलाई बलात्कार गर्न खोज्दा भागेर बचेको बताएकी छन् । भागेर बचेकी उनले आफन्तलाई बुबाको व्यवहारबारे सुनाएकी थिइन् ।

 

आफन्तले घटना बाहिर आए बदनामा हुने भन्दै घरभित्रै थामथुम पारेका थिए । आफूमाथि दुर्व्यवहार भएको १५ दिनपछि बहिनीले आत्महत्या गरेपछि दिदीले बुवाविरुद्ध जाहेरी दिएकी हुन् ।

 

उजुरीमा उनले बुवाले बलात्कार प्रयास गरी दिएको मानसिक यातनाका कारण बहिनीले आत्महत्या गरेको दावी गरेकी छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 2 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 3 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 5 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।