गृहयुद्धका अपराधीलाई सजाय दिने कानूनलाई अनुमोदन
- बिहीबार, १५ फागुन, २०७६
- 2 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । एल साल्भाडोरको कङ्ग्रेसले बुधबार सन् १९८० देखि १९९२ को अवधिमा भएको गृहयुद्धमा भएका अपराधको छानबिन गर्ने र सजाय दिने कानूनलाई अनुमोदन गरेको छ, तर राष्ट्रपति नायिब बुकिलीले प्रस्तावित कानुनमाथि विशेषाधिकार (भिटो) प्रयोग गर्ने चेतावनी दिनु भएको छ ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बुकिलीले यो कानुनले “सत्य, क्षतिपूर्ति र न्याय” को सिद्धान्तको प्रत्याभूति नगर्ने दाबी गरेका छन् ।
सङ्क्रमणकालीन न्याय, पुनस्र्थापना तथा राष्ट्रिय मेलमिलापसम्बन्धी उक्त विशेष कानूनलाई कङ्गेसका ८४ सदस्यमध्ये ४४ जनाले अनुमोदन गरेका थिए ।
सर्वोच्च अदालतले युद्धपछिको माफीलाई असंवैधानिक घोषणा गरेको थियो । सर्वोच्चकै आदेशमा कङ्ग्रेसले यही फेब्रुअरी २८ तारिखभित्र नयाँ कानुन निर्माण गर्नुपर्ने थियो ।
यो कानून जनवरी १, १९८० देखि जनवरी १६, १९९२ सम्मको सशस्त्र द्वन्द्वको क्रममा “अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन गर्ने तथा मानवता र युद्ध अपराध” गर्ने कुनै पनि व्यक्तिमाथि लागू हुनेछ ।
तर डेमोक्र्याटिक चेन्ज पार्टी ९सीडी० का सभासद् हुँवा जोजे मार्टेलले प्रस्तावित कानुनमा दाँत नभएको भन्दै यो “नक्कली मेलमिलाप कानून” हो भने ।
नागरिक समाज संघसंस्थाहरुले पनि प्रस्तावित कानुनप्रति असहमति जनाएका छन् । उनीहरुको भनाईमा यसले न्यायाधीशहरुलाई युद्ध अपराध वा मानवता विरुद्धको अपराधको अभियोग लगाएको व्यक्तिको सजाय घटाउने शक्ति दिएको छ । न्यायाधीश समक्ष आरोपित व्यक्तिले अपराधमा संलग्न रहेको रहेपनि पीडितसँग क्षमा मागेमा न्यायाधीशले माफी दिन सक्ने व्यवस्था कानुनमा गरिएको छ ।
“यो व्यवस्थाले त चाहिएको न्याय नै नपाइने देखाउँछ, र यो दण्डहीनता हो” पूर्व मानवअधिकार अधिवक्ता डेभिड मोरालेसले भने ।
विपक्षी दक्षिणपन्थी राष्ट्रवादी रिपब्लिकन एलायन्स ९एआरइएनए० का जुलियो फेबियानले प्रस्तावित कानूनको बचाउ गर्दै भने, “मानवअधिकार उल्लङ्घनका पीडितहरूले भने न्याय पाउनु आवश्यक छ ।”
साल्भाडोरको गृहयुद्धमा ७५ हजारभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै ७ हजारभन्दा बढी मानिस बेपत्ता भएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 4 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 6 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।