के हो इबोला, कसरी फैलिन्छ ?

काठमाडाैँ । इबोला भाइरस डिजिज (इबिडी) अर्थात् इबोला एउटा गम्भीर रोग हो, जसका कारण मानिसको मृत्यु पनि हुनसक्छ । संसारभर यो रोगले सताएकामध्ये ९० प्रतिशतको मृत्यु भएको छ । उक्त रोग फिलोविरिदाए परिवारको जीन इबोला भाइरसका कारण फैलन्छ । अहिलेसम्म यसका ५ उप­प्रजाति पहिचान भएका छन् । तीमध्ये बुन्दीबुग्यो, जायर र सुडानमा इबोला भाइरसका कारण धेरै मानिस मरेका छन् । बाँकी दुई ताइ फरेस्ट र रेस्टन इबोला भाइरसचाहिँ अलि कम खतरनाक मानिन्छन् ।

 

सन् १९७६ मा सुडानको नजारा र जायरको यामबुकुमा पहिलो पटक यो भाइरस देखिएको थियो । जायरको इबोला नदी नजिक भेटिएकाले त्यसैको नामबाट उक्त भाइरसको नाम पनि इबोला राखिएको हो ।

 

लक्षण

संव्रmमित भएको २ देखि २० दिनका बीचमा इबोला भाइरसको लक्षण देखा पर्न थाल्छ । ज्वरो आउनु, टाउको दुख्नु, मांसपेशी, पेट तथा जोर्नी दुख्ने, घाँटी खसखसाउने, कमजोरी हुने, पखाला लाग्ने, बान्ता हुने, बान्तामा कफका साथ रगत आउने, सास फेर्न गाह्रो हुने, हिक्का लाग्ने तथा शरीरभित्र र बाहिर रक्तश्राव आदि लक्षण देखिन्छ । संव्रmमित व्यक्तिको कुनै पनि रससँग लसपस भए २० दिनभित्र घाँटी खसखस गर्ने, आँखा रातो हुने, खोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने आदि लक्षण देखिए इबोलाको आशंका गरिन्छ । दोस्रो चरणमा पेट दुखेर वाकवाकी लाग्नुका साथै शरीरमा विभिन्न प्रकारका धब्बा देखिन्छ । यो चरणमा झाडापखाला र बान्तासमेत हुन्छ । तेस्रो चरणमा कलेजो र मृगौलाले काम गर्न छाडेपछि आन्तरिक तथा बाह्य रक्तस्राव भएर बिरामीको मृत्यु हुन्छ ।

 

कसरी फैलन्छ ?

इबोला भाइरस कसरी फैलन्छ भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी मिलेको छैन । पहिलो पटक यो सुँगुर वा बाँदरबाट मानिसमा फैलिएको अनुमान गरिएको छ । जनावरको शरीरबाट निस्कने तरल पदार्थबाट संव्रmमित भएर मानिसमा यो रोग सर्छ भन्ने अनुमान भने गरिएको छ । त्यसपछि रगतको सम्पर्क तथा शरीरबाट निस्कने तरल पदार्थका कारण यो रोग एक अर्कामा सर्छ । संव्रmमित पुरुष ठीक भएको सात हप्तासम्म पनि वीर्यमा त्यसको प्रभाव रहन्छ । त्यसैले उक्त समयमा यौनसम्पर्क गरे यौनसम्पर्क गर्ने महिलामा समेत यो रोग सर्छ । इबोलाका कारण मृत्यु भएको व्यक्तिको लासबाट पनि रोग सर्छ । त्यसैले औषधी गर्दा सुरक्षित कपडा नलगाउने स्वास्थ्यकर्मी एवं बिरामीको सम्पर्कमा आउने सबैमा इबोला भाइरसको संव्रmमण हुनसक्छ ।

 

इबोलालाई एचआईभी एड्सभन्दा पनि खतरनाक मानिएको छ । एचआइभी एड्स भाइरसको खोज सन् १९८० मा भएको थियो । एचआइभी एड्सको भाइरस फैलन ९ महिनादेखि २१ वर्षसम्म लाग्न सक्छ, तर इबोला भाइरसले २ देखि २० दिनमै संव्रmमण गर्छ र संव्रmमण भएको १२ दिनभित्रै मानिसको मृत्यु हुन्छ ।

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग

  • 8 minutes ago
चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । अध्यक

दशैँको मुख्य दिन विजयादशमीः कति बजे छ उत्तम साइत ?

  • 14 minutes ago
दशैँको मुख्य दिन विजयादशमीः कति बजे छ उत्तम साइत ?

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अ



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।