Techie IT
२०८२ असार २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभर्जिनियाको रिचमण्डको एउटा पार्कमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु

भर्जिनियाको रिचमण्डको एउटा पार्कमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु


एजेन्सी । अमेरिकाको भर्जिनियामा गोलीकाण्ड भएको छ । मिडिया रिपोर्टका अनुसार कमनवेल्थ युनिभर्सिटी नजिकै सात जनालाई गोली चलाइएको थियो, जसमध्ये दुई जनाको मृत्यु भएको छ।

हाल दुई जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भर्जिनियाको रिचमण्डको एउटा पार्कमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको हो भने अन्य पाँच जना घाइते भएका छन् ।

प्रहरीले शंकास्पद एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रमुख रिक एडवर्ड्सले घटनापछि संदिग्धहरूलाई हिरासतमा लिइएको बताए।

रिचमण्ड पब्लिक स्कूलका अधिकारी म्याथ्यू स्टेनलीले रिचमण्डको मोनरो पार्कमा रहेको ह्युगेनोट हाई स्कूलको स्नातक समारोहपछि गोलीबारी भएको बताए।

पार्क भर्जिनिया कमनवेल्थ विश्वविद्यालयको क्याम्पसमा थिएटरबाट सडक पार छ। कार्यक्रममा सुरक्षा व्यवस्थामा तीनजना अधिकारी खटिएको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT