के कारण आउँछ डण्डीफोर ?

डण्डीफोर प्रायः छाला चिल्लो भएमा आउने गर्छ । खानामा चिल्लोको मात्रा घटाउने हो भने डण्डीफोरको समस्याबाट केही हदसम्म मुक्ती पाउन सकिन्छ ।

 

हर्मोनको गडबडी, छालाको छिद्रमा टाँसिएको धुलोमाटो तथा व्याक्टेरियाका कारण बारम्बार एकै ठाउँमा डण्डीफोर आउने गर्छ । डण्डीफोर आउनुका अन्य कारण यस्ता छन्

 

गर्भावस्था – गर्भावस्थामा हुने हर्मोन असन्तुलनका कारण बारम्बार एकै ठाउँमा डण्डीफोर आउने गर्छ । गर्भावस्थामा यो सामान्य हो ।

 

चलाइरहने र निचोर्ने बानी– कयौ मानिसको बानी हुन्छ, डण्डीफोरमा हात लगाइरहने । बारम्बार एकै ठाँउमा डण्डीफोर आउनुको कारण यो पनि हो । बारम्बार हातले डण्डीफोर चलाइरहने बानीका कारण अनुहारको छिद्रमा तेल तथा फोहर जम्मा हुन्छ । छिद्र टालीएपछि डण्डीफोर निस्कन्छ ।

 

कसैको बानी चाहिँ डण्डीफोर आयो कि निचोर्ने हुन्छ । निचोर्दा डण्डीफोर त निस्कदैन, तर त्यसले झन समस्या ल्याउँछ । बारम्बार डण्डीफोर थिच्दा, निर्चोदा या कोटयाउँदा त्यो ठाउँ सुन्नीन्छ र डण्डीफोर झन ठूलो देखिन्छ ।

 

यस्तो बेला छालाको छिद्र्रलाई मनतातो पानीले सफा गर्नुपर्छ । विभिन्न ट्रिटमेन्ट क्रिम दलेर छालामा जम्मा भएका फोहर तथा अतिरिक्त तेल हटाउन सकिन्छ, जसबाट अनुहार सफा हुन्छ ।

 

चिन्तित मुद्रा–हामी जब चिन्तित हुन्छौं, तब मुहारमा पनि त्यसको असर पर्छ । हामी हाँस्दा मुहार तन्कीन्छ भने रिसाउँदा या तनावम हुँदा खुम्चीन्छ । किनकी, मानिसको मुहारमा ‘स्टे्रस एरिया’ हुन्छ । र, डण्डीफोर पनि बारम्बार स्ट्रेस एरियामै आउँछ ।

 

तनाव या कुनै विरामीका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा त्यो ठाउँमा डण्डीफोर आउँछ । हर्मोनको गडबडी तथा महिनावारी हुँदा पनि महिलालाई त्यस्ता ठाउँमा डण्डीफोर आउने गर्छ ।

 

छालाको समस्या– छालाका अन्य धरै समस्या हुन्छन्, जसका कारण अनुहारमा बारम्बार डण्डीफोर आउँछ, त्यो पनि एकै ठाउँमा । छालाभित्र नदेखिने डण्डीफोर पनि हुन्छन् । छाला भित्र डण्डीफोर आएमा त्यसको केही भागमात्र छाला बाहिर देखिने गर्छ । बाँकी भाग भित्रै रहन्छ । विशेषगरी छालाका छिद्र विभिन्न भागमा विभाजित हुन जाँदा त्यसमा रहेको तेल कोणको आकारमा माथि उठ्ने गर्छ ।

 

डण्डीफोर आउने कारण र हटाउने केही घरेलु उपाय

 

डण्डीफोर प्रायजसो युवावस्थामा नै आउँछ । डण्डीफोरले अनुहारको सुन्दरतानै समाप्त गर्दिन्छ । डण्डीफोर बढी तेलीय छालामा, कब्जियतका कारणले, चाँयाको कारणले वा तनावको कारणले हुने गर्छ ।

 

डण्डीफोर आउने कारण ः

 

– युवावस्थामा हार्मोनको बृद्धि

 

– पेटको खराबी

 

– रगतको कमी

 

– छाला फोहोर हुनु

 

– विभिन्न प्रकारका क्रिम मलमको प्रयोग

 

– भिटामिन ‘ए’को कमी

 

– चिल्लो पदार्थको बढी सेवन

 

– सम्भोगको अति चाहना

 

– बढी हस्तमैथुन

 

– कामोत्तेजक साहित्य

 

– महिनावारीमा खराबी

 

– पेय पदार्थको असर

 

यदि तपाई पनि डण्डीफोरको कारणले हैरान हुनुहुन्छ भने बजारमा पाइने कुनै क्रिम लगाउनुको साटो केही घरेलु उपायहरु अपनाउन सक्नु हुन्छ । डण्डीफोर हटाउनका लागि यी घरेलु उपाय प्रयोग गर्न सक्नुहुन्छ ।

 

डण्डीफोर हटाउने केहि घरेलु उपाय, यस्ता छन् ः

 

मह – एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् ।

 

अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।

 

भिटामिन – खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।

 

गोलभेंडा – गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।

 

चन्दन पाउडर – एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ ।

 

ओलिभ आयल – ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।

 

आलु – आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् ।

 

त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।

 

कागतीको रस – डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।

 

खाने सोडा – फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ ।


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 3 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।