चिनियाँ अस्पतालमा हेपाटाइटिस सी सङ्क्रमण

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

नान्जिङ । चीनको जियाङ्सु प्रान्तको दोङताई अस्पतालमा डायलासीस गराइरहेका ६९ जना बिरामीमा हेपाटाइटिस सी सङ्क्रमण भएको छ । चिनियाँ स्वास्थ्य कार्यालयका विज्ञहरुले उक्त सङ्क्रमणका बारेमा अनुसन्धान थालेका छन् ।

 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञहरु सम्मिलित अनुसन्धान टोलीको प्रारम्भिक अनुसन्धानमा दोङताई अस्पतालमा रक्त शुद्धीकरणका क्रममा सङ्क्रमण भएको देखिएको छ । यस अस्पतालमा हेमोडायलासिस सेवा उपलब्ध छ ।

 

प्रारम्भिक अनुसन्धानमा अस्पतालको कमजोर व्यवस्थापन पनि सङ्क्रमण हुनुमा जिम्मेवार रहेको पाइएको छ ।

 

अनुसन्धानका आधारमा अस्पतालका अध्यक्षलाई पनि पदबाट हटाइएको छ । सङ्क्रमणमा जिम्मेवार केही स्वास्थ्यकर्मीलाई पनि सजाय दिइएको छ । 

 

सङ्क्रमित बिरामीलाई विज्ञ टोलीबाट विशेष स्वास्थ्य थेरापी उपलब्ध गराइएको छ ।

 

हेपाटाइटिस सीबाट बिरामीको कलेजोमा असर पर्दछ । संक्रमण भएको केही समयसम्म बिरामीमा सामान्य सङ्केत देखिन सक्दछ, तर केही वर्षपछि उनीहरुमा कलेजोको रोग देखिन्छ र अन्तमा क्यान्सर समेत हुन सक्दछ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 8 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

  • 8 hours ago
युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

  • 8 hours ago
चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।