इमान्दारीपूर्वक जिम्मेवारी बहन गरेकाले उपलब्धि हासिलः प्रहरी महानिरीक्षक

Global IME
Mega Bank
Norvic Hospital
  • मंगलबार, २८ माघ, २०७६
  • 2 years ago
  • नेपाल

काठमाडाैँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आन्तरिक शुद्धीकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको बताएका छन् । 

 

प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम भवन आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले कानून कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी प्रहरी कर्मचारीले निष्ठापूर्वक एवं इमान्दारिताका साथ जिम्मेवारी बहन गरेकाले उपलब्धि हासिल भएको प्रतिक्रिया दिए । 

 

आफ्नो कार्यकालमा सङ्गठनको सुधार एवं आन्तरिक सुदृढीकरणको लागि सदैव क्रियाशील रहेको जिकिर गर्दै उनले प्रहरी अधिकृत तथा जवानको मनोबल उच्च बनाउन आफ्नो प्रयासमा कमी नगरेको बताए । उनले आजै महानगरीय प्रहरी पहरा गण सामाखुशी परिसरमा नवनिर्मित ब्यारेक भवनको समेत उद्घाटन गरेका थिए । 

 

प्रहरी महानिरीक्षक खनालले आफ्नो ३० वर्षे सेवा अवधिमा प्रहरी कै शिर उँचो पार्ने प्रयास गरिएको बताए । प्रहरी महानिरीक्षक खनाल ३० वर्षे सेवा अवधिका कारण आज अनिवार्य अवकास लिँदै छन् । उनले सेवापश्चात् पनि भ्रष्टाचार विरोधी कार्य तथा समाजको उन्नतिका लागि आफू सदैव क्रियाशील रहने विचार व्यक्त गरे । उनले नागरिक समाजमा रहेरसमेत सङ्गठनको श्रीवृद्धिमा लाग्ने प्रतिबद्धता जनाए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड परिवारसहित सुकुटे पुगे

  • 3 hours ago
प्रचण्ड परिवारसहित सुकुटे पुगे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो परिवारसहित सुकेटे पुगेका छन्। प्रचण्ड रिफ्रेस हुन परिवारसहित सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन्। बुधबार दिउँसो सुकुटे पुगे

आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

  • 3 hours ago
आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको बताएका छन्। बुधबार महिला सुरक्षा दबाब समूह नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै क

समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

  • 4 hours ago
समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

काठमाडौँ। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख २० हजार ६९२ मत ल्याएको छ। निर्वाचन आयोगको अनुसार १ लाख ७१ हजार ३६३ मत गणना गर्दा एमालेले २७.३ प्रतिशत मत ल्याएको हो। समानुपातिकको दो



पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।