‘उपल्लो जातका गरीब’ का लागि कोटा निर्धारण

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

नयाँ दिल्ली, भारत । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा उसकै शब्दमा ‘उच्च जातका गरीब’ नागरिकलाई लक्षित गरी रोजगारीको केही हिस्सा छुट्टाउन लागिएको योजना सोमबार घोषणा गरेको छ । 

 

निर्वाचनको सङ्घारमा भारतमा प्रधानमन्त्रीद्वारा ‘उच्च जातका गरीब’ परिवारलाई लक्षित गरी योजनाको सार्वजनिक गरिनुलाई निर्वाचनसँग जोडेर पनि हेरिएको छ । 

 

भारतमा निम्न तथा सुबिधाविहीन गरीब समुदायका लागि यस पहिलेदेखि नै सरकारी कार्यालयमा कर्मचारीका लागि रोजगारीका केही स्थान सुरक्षित गरिएको थियो भने क्याम्पस तथा विद्यालयहरूमा पनि उनीहरूलाई सीमित स्थान सुरक्षित गरिएको छ । तर यसले अन्य समुदायमा असन्तुष्टि निम्त्याएको छ, जसले राज्यको यस प्रकारको अन्यायपूर्ण व्यवस्थाले ‘माथिल्लो जातका नागरिक’ मा अन्याय भएको दावी गर्दै आएका छन् । 

 

प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो योजना अनुसार वार्षिक आम्दानी ११ हजार अमेरिकी डलरभन्दा कम भएका परिवारका सदस्यलाई कोटा छुट्टाइने भएको सरकारी अधिकारीलाई उद्धृत गरी भारतीय समाचार संस्था, पिटीआईले जनाएको छ । यद्यपि यो सुधारको घोषणा लागू गर्न भारतीय संविधानसमेतमा परिवर्तन गर्नु जरूरी हुन्छ । जस अनुसार अहिले रोजगारीका अवसर र क्याम्पसमा पढाइका लागि ५० प्रतिशत कोटाको व्यवस्था गरिने योजना सरकारको छ । 

 

भारतको केन्द्र सरकारको मन्त्रीपरिषद्ले योजनालाई सोमबार अनुमोदन गरेको छ । अव यसलाई संसदका दुवै सदनबाट अनुमोदन गराउन आवश्यक छ । 

 

प्रधानमन्त्री मोदीको हिन्दू बाहुल्य भएको भारतीय जनता पार्टी ९विजेपी० सन् २०१४ मा अत्यधिक बहुमतसहित सत्तामा पुगेको थियो तर गत बर्षको अन्त्यतिर भएका राज्य सभाका निर्वाचनमा यो जनमत क्रमशः फेरि भारतीय कङ्ग्रेसतर्फ फर्किन लागेको सङ्केत देखिएको छ । मोदीले बिस्तारै गुमाउँदै गरेको जनमतलाई पुनः आफ्नो पकडमा ल्याउन यो चाल चालेका भन्ने आलोचकहरूको भनाई रहेको छ । 

 

कङ्ग्रेसका प्रवक्ता अभिशेक सिङ्भीले आफ्नो ट्वीटर सन्देशमा भन्नुभयो, पछिल्लो कदम निर्वाचनलाई लक्षित गरी सस्तो लोकप्रियताका लागि ल्याइएको दावी गरे । यसले प्रधानमन्त्रीले सत्ता गुम्ने खतराबाट उनी आत्तिएको प्रतिविम्वित गर्दछ । भारतमा आगामी मे मा विधान सभाका लागि निर्वाचन हुँदैछ । 

 

भारतमा हरेक चार जनामा एक जना अझै पनि प्रतिदिन १।२५ अमेरिकी डलर आम्दानीबाट जिविकोपार्जन गर्दै आएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 4 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 4 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।