बर्तमान सरकार जन विश्वास र जन चाहना अनुसार अघि बढीरहेको छ : पूर्व अर्थमन्त्री पाण्डे
- आइतबार, १६ मंसिर, २०७५
- 4 years ago
- राजनीति
- अष्ट्रेलिया

सिड्नी । प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाको आयोजनामा सिड्नीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र बरिष्ठ अधिवक्ता सुर्य ढुंगलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सिड्नीको ग्रेभिलमा डिसेम्वर एक शनिवार भएको कार्यक्रममा बोल्दै नेकपा नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बर्तमान सरकार जन विश्वास र जन चाहना अनुसार अघि बढीरहेको बताएका छन् । संघियताका पूर्वाधारहरुलाई संस्थागत गर्दै नागरिकहरुको जीवनस्तर उकास्ने नीति तथा कार्यक्रमको कार्यन्वयन सरकारको प्रमुख प्राथमिकता भएको पूर्व मन्त्री पाण्डेको भनाइ थियो । बर्तामान सरकारको बचाउ गर्दै पाण्डेले भने, "दुइ तिहाइको समर्थन प्राप्त सरकार भन्दैमा जादु गरेर तत्काल परिवर्तन ल्याउन सकिदैन । तर सरकारले दिगो रुपमा देशको बिकाश हुनेगरि कामन गरिरहेको छ ।"
पुर्व मन्त्री पाण्डेले अस्ट्रेलियाका नेपाली समुदायले गरेको प्रगतिको प्रसंसा गर्दै विदेशमा सिकेको सीप, ज्ञान र पूजी स्वदेशमा स्थानान्तरण गर्नु पर्ने बताए । नेता पाण्डेले दक्ष र सीप भएका पुस्ताको राजनीतिमा पनि प्रभाव बढ्दै जानु पर्ने भएकाले तेस्रो पुस्ताको राजनीतिक शक्ति निमार्ण गर्नु पर्ने बताए ।
अन्तरक्रियामा बोल्दै बरिष्ठ अधिवक्त सुर्य ढुंगेलले बर्तमान सरकारमा प्रतिवद्धता जनाउने तर कार्यन्वयन नगर्ने प्रवृती बढेको आरोप लगाए । सरकारका जिम्मेवार मन्त्री र पदाधिकारीहरुले तत्काल कार्यान्वयन गर्न नसक्ने योजना र कार्यक्रम गर्छौ भनेर जनतालाई सपना नबाँढ्न अधिवक्त ढुंगेलले सुझाव दिएका थिए ।
कार्यक्रमा युवा संघ नेपालका केन्द्रिय सचिव सन्तोस रावलले बाध्यतावस नेपाली युवाहरु रोजगारिको लागि विदेशिनुपर्ने अवस्थाको केही वर्षमा अन्तहुने बताए । रावलले बर्तमान सरकारले देश निमार्णमा अघि सारेका राष्ट्रिय गौरवका योजनाहरु पुराहुनेमा आम नेपाली युवापुस्ता आसावादी रहेको भनाइ राखेका थिए ।
प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका रमेश पाण्डेको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा जन सम्पर्क समिति अस्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ शेर्पा, संघिय समाज अस्ट्रेलियाका अध्यक्ष गणेश तामाङ, एन आर एन आइ सि सि सदस्य दिनेश जोशीले बर्तामान सरकारको नीति कार्यक्रम र कार्यशैली बारे बीचार राखेका थिए ।
एन आर एन अस्ट्रेलियाका पूर्व अध्यक्ष धुर्व सुवेदीको स्वागत मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रमाको संचालन प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका हिमलाल गैरेले गरेका थिए ।
सिड्नीमा एक विश्वविध्यालले आयोजना गरेको कार्यक्रममा भागलिन अस्ट्रेलिया आएका पूर्व मन्त्री पाण्डेले ब्रिसवेन र मेलवर्नमा आयोजित अन्तरक्रियामा पनि सहभागि भएका थिए ।
यस्तै चितवन समाज अस्ट्रेलियाले पनि पूर्व मन्त्री पाण्डेसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 2 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 2 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 3 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।