इरानी केशर पहिचानको खोजीमा

Norvic Hospital
  • बुधबार, १२ मंसिर, २०७५
  • 3 years ago
  • बिचार

टोर्बात–ए हेदारिया, इरान । निकै फराकिलो खेतमा श्रमिकहरु विश्वमै निकै महङ्गो मानिएको चम्किलो बैजनी रङ्गको “केशर” फूलको सङ्कलनमा बिहानैदेखि जुटिसकेका छन् । इरानको यो धुलौटे इलाकामा हुने अत्यन्त महङ्गो यो फसलप्रति धेरैको आँखा लागेको छ । 

 

बैजनी रङ्गका कोमल पातहरुको बीचबाट वर्षमा मुश्किलले १० दिन केशर (अङ्ग्रेजीमा स्याफ्रोन भनिने) को फूल फुल्दछ । यी फूलको बीच भागबाट निस्कने परागकेशर वा पुँकेशर नै बहुमूल्य केशर हो । 

 

यी अति साना परागकेशर स्थानीय बजारमा प्रतिकेजी ९ करोड इरानी रियाल अर्थात् प्रतिकेजी करिब ७०० अमेरिकी डलरमा बिक्री हुने गर्दछ । विदेशमा सम्भवतः यो चारगुणा बढी दरमा बिक्री हुन्छ । 

सरकारको भनाईमा विश्वको कूल केशर उत्पादनको ९० प्रतिशतभन्दा बढी उत्तरपूर्वी इरानको खोरासान प्रान्तको कडा माटोमा उत्पादन हुने गर्दछ । इरानको यो दाबीलाई फ्रान्सको कृषि तथा मत्स्यपालनसम्बन्धी अनुसन्धान इन्स्टिच्यूट फ्रान्सएग्रीमरले स्वीकार गरिसकेको छ । यो केशर स्पेनी, भारतीय, स्वीडिस र अरु देशका खानामा प्रयोग हुने गर्दछ । 

 

फ्रान्सएग्रीमरको सन् २०१३ को प्रतिवेदनअनुसार केशर उत्पादनमा भारत दोस्रो स्थानमा छ भने त्यसपछि ग्रीस, अजरबैजान, अफगानिस्तान र स्पेन आउँछन् । 

 

इरानमा सबैभन्दा बढी केशरको उत्पादन राजधानी तेहरानबाट करिब ७०० किलोमिटर पूर्वमा रहेको टोर्बात–ए हेदारियामा हुने गर्दछ । फ्रान्सएग्रीमरका अनुसार विश्वको कूल केशर उत्पादनमा यो ठाउँ तेस्रो स्थानमा छ । 

 

तर केशरका लागि प्रख्यात भएर पनि कमजोर मार्केटिङका कारण इरानले चाहेजति लाभ लिन सकेको छैन । यहाँको केशर अरु मुलुकमा थोकमूल्यमा बृद्धि गरिन्छ, र अरु देशले त्यसलाई आफ्नो भन्दै लेबल लगाएर महङ्गोमा बिक्री गरिरहेका छन् । 

 

“उत्पादन सबै यहाँ हुन्छ, तर मार्केटिङ र बिक्री अन्यत्रै हुन्छ,” स्थानीय संसदका सदस्य सइद बास्तानीले एएफपीलाई बताउनुभयो । “विश्वले बुझे हुन्छ स्पेनी, इटाली वा स्वीट्जरल्यान्डको भनेर कुनै पनि ब्रान्ड वा नाममा बेचिने सबै केशर इरानी नै हो ।” 

 

स्थानीय व्यवसायी र कृषकसँग मिलेर यो समस्या सुल्झाउन सरकारले काम शुरु गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत अलि सारिआतीको नोभिन स्याफ्रोन कम्पनीले उच्च गुणस्तरको करिब १५ टन केशर विश्व बजारमा हरेक वर्ष पठाउँछ । यस कम्पनीले “इरानमा निर्मित” लोगो राखेर बजार बिस्तार गर्ने प्रयत्न गरिरहेको छ । 

 

तर बजारमा केशर लैजाँदा केही नयाँ उपाय पनि अपनाउनु पर्दछ । हरेक ठूला बजारको विशिष्ट माग हुने गर्दछ र त्यसका लागि विशेष प्याकेजिङ र ब्रान्डिङ गर्नु पर्दछ । स्पेनमा खानामा राख्न केशरको धुलो खोजिन्छ, बेलायतमा भारतीय खानाका लागि केशरको रेशा चाहिन्छ । स्वीडेनमा ससाना क्याप्सुल बनाइन्छ । 

 

“हामीसँग नवीन र स्थानीय आवश्यकतालाई बुझ्ने क्षमता हुनै पर्दछ ताकि अरु देशसँग प्रतिस्पर्धा गर्न सकियोस् ।” सरियाती भन्नुहुन्छ । 

 

यो उद्योगमा नवीनतालाई अरु कतिपय विषयले पनि आत्मसात गर्नैपर्ने स्थिति उत्पन्न गराएका छन् । यसमा, विगत दुई दशकदेखि इरानको यो क्षेत्रमा लगातार सुख्खा हुने गरेको छ । अरु खेतीबालीभन्दा केशरलाई ज्यादै कम पानी चाहिन्छ, तर लगातारको सुख्खाले धेरै मानिसलाई उत्तरी भागतर्फ बसाइँ सर्न बाध्य पारिरहेको छ । 

 

“खेतीबाली लगाउने मानिसहरु बिस्तारै उत्तरतर्फ जाँदैछन्, तर यी ठाउँहरु केही ओसिला छन् । ओसिलो ठाउँ केशरका लागि त्यति राम्रो मानिँदैन किनभने केशरको गुणस्तर सुख्खा क्षेत्रकै राम्रो हुन्छ,” केशर उत्पादक कृषक अमिन रेजाईले बताउनुभयो । 

 

अरु सबैजसो किसान झैं उहाँले पानीका लागि भूमिगत जलस्रोत प्रयोग गर्न थाल्नुभएको छ, तर अहिले उहाँले के मनन् गर्न थाल्नुभएको छ भने यो सुख्खामा बाँच्नु छ भने कुनै उन्नत सिचाईं प्रविधिमा लगानी नगरी हुँदैन । उहाँ भन्नुहुन्छ, “परम्परागत तरिकाको सिचाईंले मानिसलाई समस्यामा पार्दैछ । उनीहरुले आधुनिक सिचाईंका विधिमा लगानी गर्नुको अब विकल्प छैन ।” 

 

उहाँको कारखानामा भेटिनुभएका सारियातीले राम्रो शिक्षा र गाउँबासीलाई मद्दत गर्न सकिए यी समस्यालाई सहजै समाधान गर्न सकिने बताउनुभयो । उहाँले सिचाईंमा नवीन प्रविधि प्रयोग गरिए हरेक वर्ष ४०० देखि एक हजार टनसम्म थप उत्पादन गर्न सकिने बताउनुभयो । 

 

उहाँको विचारमा कृषकका लागि सबैभन्दा ठूलो समस्या नै लगानीका लागि बैंकको सुविधा हो । बैंकहरुले साना व्यवसायीलाई लगानी गर्न त्यति रुचि नदेखाएको उहाँको धारणा छ । 

 

त्यही कारण उहाँको फर्मले किसानका तर्फबाट एकमुष्ट ऋण लिने गरेको छ । यस्तो ऋणबाट सस्तो दरमा कृषिका उपकरण थोकमा किन्दछ र किसानहरुलाई खेतीबाली बारे शिक्षा दिन्छ । “हामीले कम्तीमा २० हजार किसानलाई शिक्षित तुल्याउँदैछौं र हामीले केशर खरिद गर्नेगरी चार हजार किसानसँग सम्झौता गरेका छौं ।” 

 

उहाँले भन्नुभयो, “हामी चाहन्छौं कृषकहरुले बढीभन्दा बढी अर्गानिक केशर उत्पादन गरुन् ।” 

इरानको सङ्कटग्रस्त अर्थतन्त्रको अर्को समस्या भनेकै अमेरिकी प्रतिबन्धका कारण सिर्जित बजारभाउ हो । “बल्ब, मलखाद र श्रमिकको मूल्य यसैवर्ष तेब्बरले बढेको छ, तर केशरको मूल्य दोब्बर मात्र भएको छ,” मोहमद जफारीले बताउनुभयो । आधा शताब्दीदेखि नै उहाँको परिवारले स्थानीय बजारमा केशर बिक्री गरिआएको छ । 

 

विदेश निकासीका लागि यो राम्रै हो, तर इरानभित्र सबै वस्तुको मूल्य बढेकाले ठूलो समस्या उत्पन्न भइरहेको छ । तैपनि, केशरको व्यापारमा संलग्न सबैजसो उत्साहित छन् । 

 

केशरप्रति चिनीयाहरुको रुचि बढेका कारण पाँचवर्ष यतादेखि अन्तर्राष्ट्रिय बजारमा केशरको बिक्री ह्वात्तै बढेको छ । “अहिलेको सबैभन्दा ठूलो समस्या नै मानिसले केशरको महत्व अझै बुझ्न नसक्नु हो,” सारियाती भन्नुहुन्छ । “हामी चाहन्छौं मानिसले नून, मरिच र केसरलाई एकै रुपमा लिउन् ।” 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 1 hour ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 1 hour ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 1 hour ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।