ब्राजिलको कारागारमा झडप, १५ जनाको मृत्यु
- सोमबार, १३ जेष्ठ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

साओ पाउलो । ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ ।
अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समयानुसार बिहान ११ बजेट झडप शुरु भएको थियो ।
कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयलाई चक्कुको प्रयोग गरेको जानकारी दिए । उनले उक्त घटनाको अनुसन्धान शुरु भइसकको पनि बताए ।
यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको ज्यान गएको थियो । ब्राजिलमा विश्वमै सबैभन्दा बढी मानिस कैदीबन्दीका रुपमा रहेका छन् । सरकारी तथ्याँक अनुसार ब्राजिलमा सन् २०१६ को जुन महिनामा सात लाख २६ हजार ७१२ जना कैदीबन्दी छन् ।
तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् । सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो ।
निकै भिडभाड देखिने ब्राजिलका कारागारमा ग्याङ (समूह) भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दङ्गा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् ।
अमेजोन जङ्गल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 6 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 26 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 29 minutes ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।