किमलाई प्राप्त भयो ट्रम्पको पत्र, पढेपछि भने,‘पत्रमा गज्जबको विषयबस्तु लेखिएको छ’
- आइतबार, ८ आषाढ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

प्योङ्याङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन् ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गरेका हुन् ।
पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टी जनाएको पनि समाचारमा उल्लेख गरिएको छ । उनले भनेका छन्, “पत्रमा गज्जबको विषयबस्तु लेखिएको छ ।”
किमले त्यसमा रहेको चाखलाग्दो विषयमा गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गर्नु भएको बताइएको छ ।
तर उनले पत्रमा के विषयबस्तु उल्लेख गरिएको छ भन्ने बारेमा भने कुनै जानकारी नदिएको समाचारमा जनाइएको छ ।
त्यसैगरी अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने बारेमा पनि खुलासा गरिएको छैन । त्यसबारे अमेरिकाले पनि कुनै प्रतिक्रिया जनाएको छैन ।
गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको दोस्रो शिखर बैठक विनाकुनै निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अनिश्चित रहेको छ ।
उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्नु पर्ने अमेरिकाको चाहना र आफूविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा हुनु पर्ने उत्तर कोरियाको अडानका कारण सम्बन्ध सुमधुर हुन नसकेको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल
- 6 minutes ago

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु
- 24 minutes ago

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक
नेपालमा थप ४० जनामा कोरोना संक्रमण
- 37 minutes ago

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।