आफ्नै काकालाई कुकुरले टोकाएर मृत्युको सजाय दिएका किमबारे अनौठा कुराहरु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी शासकले अमेरिकाको चुनौतीलाई पनि सामान्य रुपमा लिने गरेका थिए । शासन सत्ताको बागडोर सम्हालेपछि उनले सैनिक व्यवस्था सुदृण गराउन लागि परेका थिए । आज पनि उनी यस अभियानमै छन् । पुर्व किम जोङ–इलका छोरा किमले उत्तर कोरियाको निरङ्कुश व्यवस्थालाई अगाडि बढाइ नै रहेका छन् । आणविक हतियारको परिक्षण बाहेक अन्य कुराले पनि चर्चामा आउने किमका रोचक कुराहरु यस्ता रहेका छन् । 

 

१. किम जोङले स्कुलको शिक्षा स्विजरल्याण्डबाट लिएका हुन् । निकै गोप्य रुपमा रहेर उनले स्कुलको शिक्षा लिएका थिए । उनलाई स्कुलमा ‘पाक–उन’ को नामले चिनिन्थ्यो । उनलाई पढाईमा कुनै पनि रुची थिएन । उनी पढाइमा जिरो थिए । उनले कुनै पनि परिक्षामा उत्तिर्ण हुन सकेनन् । उनलाई बास्केटबल खेल्नमा रुची थियो । कम्प्युटर खेलमा पनि उनको उत्तिकै रुची रहेको थियो । तर, राजनैतिक अवस्था बिग्रिएपछि किमका पिताले इन्टरनेशनल स्कुल अफ बर्नेबाट निकालेर देशकै स्टेट स्कुलमा ल्याएर पढाएका थिए । 

 

२. किम २७ वर्षको हुदाँ उनले प्लाष्टिक सर्जरी गरेर हजुरबुबा किम द्धितिय सङको जस्तो अनुहार बनाउने प्रयास गरेका थिए । अरु शासक जवान हुन प्लाष्टिक सर्जरी गर्छन् तर, उनको मामिलामा यो उल्टो साबित भयो । 

 

३. उनी २९ वर्षको छदाँ ‘द अनिअन न्युजपेपर’ ले ‘सेक्सिएस्ट म्यान अलाइभ अफ २०१२’ भनेर घोषणा गरेको थियो । 

 

४. धेरैले किम विश्वकै कान्छो उमेर भएको शासक बताउने गर्छन् । तर, हालसम्म उनको उमेर कति हो भनेर थाहा हुन सकेको छैन ।

 

५. स्वीजरल्याण्डमा छदाँ स्वीस चीजको पारखी बनेका किमले बार्षिक लाखौ पाउण्ड स्वीस चीजमा किन्नमा खर्च गर्थे । तौल बढाएर हजुरबा जस्तो बन्न उनले यसो गरेको धेरैले बताउने गर्छन् । 

 

६. जब किमको पिताको देहावसन भयो तब नरुने मानिसहरुलाई कोइला खानीमा ६ महिनासम्म काम गर्न पठाइएको थियो । रोएको देखाउन पनि मानिसहरु ठुलो ठुलो आवाज निकालेर राएको बताइएको थियो । केही सम्हालिन नसकिने गरी समेत रोएका थिए । नरुनेहरुलाई जेल सजाय वा अन्य शारिरीक सजाय दिने काम गरिएको थियो । 

 

७. मिनिस्ट्री अफ द पिपुल आर्म फोर्सका असिसटेन्ट चिफले किम जोङका पिताको निधन पश्चात किमलाई  रक्सी खाएर भेट्न आएपछि उनलाई मोर्टरद्धारा कारबाही गरिएको थियो । 

 

८. किमले आफ्नै काकालाई फाँसीको सजाय दिएका थिए । काकालाई फाँसी दिएको केही दिनपछि काकीलाई पनि फाँसीको सजाय दिएका थिए । 

 

शासन सत्ताबाट हटाउन आफ्नै काकाले षडयन्त्र गरेको आरोप किमले लगाएका थिए । बाटोमा निर्वस्त्र हिड्न लगाएर काकाको पछाडि कुकुर छोडिएको थियो । कुकुरले टोकाए पश्चात उनलाई फाँसीको सजाय दिइएको थियो । आफ्नो पतिलाई क्रुर सजाय दिएपछि रिसले चुर भएकी काकीलाई पनि फाँसीको सजाय दिने काम किमले गरेका थिए । उनले काकीलाई विष सेवन गर्न लगाएर सजाय दिएका थिए । उनले पिडा सहन नसकी आत्महत्या गरेको समेत बताइन्छ । उनको मृत्यु हुनुको यकिन तथ्य हालसम्म बाहिर आउन सकेको छैन ।

 

९. किम चार–तारे जनरल हुन् । तर, अचम्म के छ भने उनले कुनै पनि मिलिटरी तालिम लिएका छैनन् । 

 

१०. किमको हेयरस्टाइल उत्तर कोरियामा निकै पपुलर हेयर स्टाइलमा पर्छ । किमले देशका पुरुषहरुलाई समेत आफ्नो जसरी कपाल काट्न आदेश दिएका थिए । उनको यस हेयर स्टाइललाई ‘एम्बिसियस’ को नाम दिइएको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल

  • 1 hour ago
खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।

आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

  • 1 hour ago
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक

नेपालमा थप ४० जनामा कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप ४० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक



पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।