महाथिरले चीनसँग किन गरे यस्तो आग्रह ?

Global IME
Mega Bank
Norvic Hospital

बेइजिङ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गरेका छन् । मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनीया सहयोगका ठूला परियोजनामा परिमार्जन गर्न पनि उनले अनुरोध गरे । 

 

चीनको औपचारिक भ्रमणमा रहेका ९३ वर्षीय प्रधानमन्त्री महाथिरले पूर्व प्रधानमन्त्री नजीब रजाकले चिनीया राज्य–प्रबद्र्धित परियोजना स्वीकृत गर्दा ठूलो आर्थिक हिनामिना गरेको र मलेसियाको आर्थिक परिस्थितिलाई दाउमा राखेको आरोप लगाउँदै आएका छन् । 

 

महाथिरको सरकारले चिनीया सहयोगमा सञ्चालित २२ अर्ब डलरभन्दा बढीका परियोजना निलम्बित गरेका छन् जसमा एउटा प्रमुख रेलसेवाको निर्माण समेत रहेको छ । महाथिरले आफ्नो पाँच दिने चीन भ्रमणका क्रममा उनकै शब्दमा “अन्यायपूर्ण” सम्झौताहरुका विषयमा चीनसमक्ष औपचारिक कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

 

बेइजिङस्थित ग्रेटहल अफ द पिपुलमा चिनीया समकक्षी ली केक्वाङसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा महाथिरले विशेष कृषि उत्पादनहरु मलेसियाबाट खरिद गर्न चीनले सहमति जनाएकोमा धन्यवाद दिए । तर, उनले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनबाट थप सहयोग हुने अपेक्षा व्यक्त गरे । 

 

“मेरो विश्वास छ चीनले हाम्रा समस्यामा सहानुभूतिपूर्वक विचार गर्नेछ र हाम्रो आन्तरिक वित्तीय समस्या सुल्झाउन हामीलाई मद्दत दिनेछ,” उनले भने । 

 

नौ वर्षीय शासनकालमा पूर्व प्रधानमन्त्री नजीबमाथि चीनसँग साँठगाँठ गरी ठूलो मात्रामा ऋण लिएको र त्यही ऋणको चेपुवामा पारेर मुलुकको अर्थतन्त्र बर्बाद पारेको आरोप लाग्ने गरेको छ । 

 

गत साता, महाथिरले चीनसँग विगत सरकारले गरेका सम्झौताहरु रद्द गर्ने वा परिमार्जन गर्ने बताएका थिए । उनले भने, “हाम्रो सर्वाधिक महत्वपूर्ण कुरा नै पैसा बचाउनु हो ।” 

 

महाथिरले मलेसियाको राष्ट्रिय ऋण कटौती गर्न खोजिरहनु भएको छ, जुन २५० अर्ब डलर पुगिसकेको छ । 

चीनसँग जोडिएका ठूला परियोजनाका करार तोड्ने चेतावनीका बाबजूद महाथिरले आफ्नो चीन भ्रमणका क्रममा व्यावसायिक सम्बन्धलाई अझ सुदृढ गर्न प्रयास गरिरहेका छन् । 

 

उनले चीन भ्रमणका क्रममा विशाल ई–कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक माँ सँग भेट गर्नुभएको छ । उनी चिनीया सवारी साधन निर्माता कम्पनी गिली र मलेसियाली कार निर्माता प्रोटोनबीचको सहयोग सम्झौता कार्यक्रममा सहभागी भए । मलेसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन नै हो, र मलेसियाको ठूलो जनसंख्या चिनीयामूलको छ । 

 

द्विपक्षीय सम्बन्ध विगतको सरकारसँग ज्यादै न्यानो थियो, र प्रमुख पूर्वाधार र निर्माण परियोजनामा चीनसँग हस्ताक्षर भएसँगै चिनीया लगानी पनि बढेको थियो । तर आलोचकहरुले यस्तो लगानीमा पारदर्शिता र शर्तहरुका बारेमा प्रस्ट नभएको बताउँदै आएका छन् जस्तै, ऋणको ब्याजदर । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

  • 40 minutes ago
'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेले राजमार्गमा गुणस्तरीय शौचालय बनाउने जानकारी दिएका छन् ।

धनराज गुरुङलाई बधाई दिदैँ पद्मा अर्यालले भनिन्ः स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन्

  • 47 minutes ago
धनराज गुरुङलाई बधाई दिदैँ पद्मा अर्यालले भनिन्ः स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन्

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पराजित भएपछि नेकपा एमाले नेता पद्मा अर्यालले बधाई र प्रतिक्रिया दिएकी छन् ।

अजय देवगनको फिल्म ‘दृश्यम २’ ले हालसम्म कति कमायो ?

  • 58 minutes ago
अजय देवगनको फिल्म ‘दृश्यम २’ ले हालसम्म कति कमायो ?

एजेन्सी । अजय देवगनको फिल्म रिलिज भएको १६ दिन पूरा भएको छ । फिल्मले १६ औं दिनमा पनि राम्रो कमाई गरिरहेको छ ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।