थाइल्यान्डमा १० दिनदेखि गुफामा फसेका १२ बालकको स्वास्थ्य अवस्था खतरामुक्त
- रासस/सिन्ह्वा
- बिहीबार, २१ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

बैंकक । थाइल्यान्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन्।
गृह मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा ती बालकलाई पहिलो पटक स्पष्टसँग टेलिभिजनमा देखिएको र उनीहरुलाई खानेकुरा पनि पुर्याइएको जानकारी दिएको छ।
उनीहरुको उद्धारको कार्य जारी रहेको तर निकै जोखिम रहेको भन्दै सकुशल उद्धारका लागि आवश्यक साधन र जनशक्ति उपलब्ध गराइएको विज्ञप्तिमा जनाइएको छ।
सो गुफा हेर्न पुगेका एक विद्यालयका १२ जना विद्यार्थी र उनीहरूका प्रशिक्षक गएको १० दिनदेखि सोही गुफामा हराइरहेका थिए। उनीहरुलाई फुटबल प्रशिक्षकले नै भ्रमणका लागि सो गुफामा लगेका थिए।
विदेशबाट कुशल गोताखोर, उद्धार कार्यमा खट्ने व्यक्ति र विशेषज्ञहरु झिकाएर काम गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। थाई सेनाका अधिकारीहरुले पनि यसका लागि तालिम लिइरहेका छन्।
सो गुफामा फसेका स्कुले बालकहरू र तिनका फुटबल प्रशिक्षकले १० दिनपछि पहिलो पटक तातो खानेकुरा र औषधि पाएको समाचारमा जनाइएको छ।
गुफाभित्र उनीहरूलाई खाना र औषधि पुर्यायाउन एक चिकित्सक र नर्ससहित ७ जना गोताखोर गुफाको भित्री भाग उनीहरु फसेको ठाउँसम्म पुगेका थिए।
उनीहरू हराएको ९ दिनपछि जीवितै फेला परेको सूचना सार्वजनिक भएको थियो। उनीहरुको स्वास्थ्य अवस्था पनि राम्रो रहेको एक अधिकारीले भने।
उनीहरूलाई कसरी सुरक्षित फिर्ता ल्याउने भन्ने विषयमा उद्धारकर्ताहरूले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताएका छन्। ‘शून्य जोखिम’ को रणनीतिबाट उनीहरुलाई बचाइने पनि उनीहरुले बताएका छन्।
ती बालकहरु जीवितै रहेको खबरले देशभरी खुसीयाली छाएको छ। उनीहरुका आमाबुबा र आफन्तले गुफा नजिकैको क्षेत्रमा प्रार्थना र आजापूजा गरिरहेका बताइएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ: प्रधानमन्त्री
- 4 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताएका छन् ।
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा
- 21 minutes ago
काठमाडौँ। नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक सूचकाङ्क अनुसार नेपाल सो स्थानमा परेको हो। भ्रष्टाचार सम्बन्धी विश्वव
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
- 25 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक सङ्कट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।