ढुंगाले हानी ७६ वर्षीय तामाङको हत्या, नगद पनि लुटियो

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • मंगलबार, ६ कार्तिक, २०७५
  • 3 years ago
  • समाचार

काठमाडौं । दशैँको नवमीको दिन घरमा सुतिरहेको समयमा नमोबुद्ध नगरपालिका वडा नम्वर ५ कानपुर डुँडीचौर घर भएका ७६ बर्षिय ज्ञानध्वज तामाङलाई ढुंगाले हानेर हत्या गरिएको छ । तामाङको हत्या पछि उनी बस्दै आएको घरमा आगो लगाईएको छ भने उनको ट्याङ्कमा भएका नगद लुटिएको र कागजपत्रमा समेत आगो लगाईएको छ ।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काका अनुसार हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । विजया दशमीको दिन विहान उनको घर हुँदै जाने ब्यत्तिले घर जलेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

 

२०७५ बैशाख ६ गते श्रीमतीको निधन भएपछि ज्ञानध्वज एक्लै बस्दै आएका थिए । तीन छोराहरु मध्ये जेठो गाउँमै शिक्षक छन् भने माईलो युयनमा काठमाडौमा काम गर्दै आएका छन् । कान्छो बैदेशिक रोजगारको क्रममा बाहिर छन् । ज्ञानध्वज छोरा बुहारी भएको स्थानमा समेत नबसी एक्लै बस्दै आएका थिए । एउटा भैसी, गाई, बाख्रा समेत पालेर दैनीक चार लिटर दुध विक्री गर्दै आएका ज्ञानध्वजको एउटा गोठ, एउटा भुकम्पले भत्काएको घर र भुकम्प पछि बनाएको टहरा थियो ।

 

गोठमा गाई बस्तु बाध्ने, भत्किएको खरको छानो भएको घरमा खाना पकाएर खाने र त्यहि घरमा जमरा सहितको पुजाआजा गर्ने गरेका ज्ञानध्वज टहरामा सुत्दै आएका थिए । घटनाको प्रकृति केहि बेर ज्ञानध्वज र हत्या गर्ने ब्यक्तिहरु बीच घम्साघम्सी परेको देखिन्छ । उनको ट्याङ्का फुटाईएको छ भने ट्याङ्कामा भएका सामानहरु लुटिएका छन् । त्यहि निर कागजपत्रमा आगलागी गरिएको छ । प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीका अनुसार ज्ञानध्वजको कञ्चटमा दुईवटा ढुंगाले बजारिएको छ । टाउकोमा गिदी निस्किएको छ । उनी घर बाहिर घरको सुर निर ढलेका छन् । उनी ढलेको स्थान निर उनको हातसँगै खुकुरी छ । उनले खुकुरीले प्रहार गर्ने प्रयास गरेको घटनास्थलको प्रकृतिबाट देखिन्छ ।

 

प्रहरीले तत्कालै केन्द्रिय अनुसन्धान टोली झिकाएर कुकुर मार्फत अपराधी पत्ता लगाउने प्रयास गरेको थियो । हत्याराहरु कुन उदेश्यले ज्ञानध्वज बसेको घरमा पुगे रु कतिको संख्यामा थिए रु ज्ञानध्वजको हत्या समेत गरेर किन घरमा र कागजमा आगो लगाए रु प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रमुख रविराज खड्काले बताए । टोली नै बनाएर अनुसन्धान शुरु गरिएको एसपी खड्काले बताए । ज्ञानध्वजको घर गाउँबाट एकान्त कसैले देख्न नसक्ने स्थानमा थियो । प्रहरीले त्यस स्थानमा सुरक्षा ब्यवस्था कडा बनाएको छ भने ब्यक्तिहरुको निगरानी र चेकजाँच तिब्र पारेको छ । आजको नेपाल समाचारपत्रबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 4 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 4 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 6 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।