दुवईमा रहेका नेपालीले त्यहाँको नागरिकसरह उपचार पाउने

Global IME
Mega Bank
Norvic Hospital
  • मंगलबार, २५ चैत, २०७६
  • 2 years ago
  • नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् ।

 

विश्वभर कोरोना भाइरसको सङ्क्रमण भइरहेका बेला प्रधानमन्त्री ओलीले विदेशस्थित नेपालीहरुको अवस्थाबारे सम्बन्धित सरकारका प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग संवाद गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमानदार र परिश्रमी भएको बताउँदै उनीहरूले युएइको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । त्यहाँस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार युवराजबाट नेपालीहरूलाई युएइका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

 

“विशिष्ट घडीमा युएइमा रहेका नेपालीहरूको हित र सुरक्षालाई उच्च महत्व दिई अभिभावकीय स्नेह र संरक्षकत्व प्रदान गर्नुभएकोमा प्रधानमन्त्री ओली र नेपालीहरूलाई युएइका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा युवराजप्रति आभार प्रकट गर्दछौं ।” राजदूत ढकालले सामाजिक सञ्जालमा भनेका छन् ।

 

नेपाल सरकारले पनि यहाँ रहेका विदेशी नागरिकलाई कोरोना भाइरस सङ्क्रमण भएमा आफ्ना नागरिकसरह उपचार र सुविधा दिने जनाउँदै आएको छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

  • 5 minutes ago
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्

उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

  • 9 minutes ago
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ,

सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

  • 17 hours ago
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।