उत्तर दक्षिण कोरिया बास्केटबल ‘डिप्लोमेसी’

Global IME
Mega Bank
Norvic Hospital

सोल । दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुको एक समूह मङ्गलबार उत्तर कोरिया प्रस्थान गरेको छ । 

 

दक्षिण कोरियाका दर्जनौँ बास्केटबल खेलाडीसहित उनी मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ । 

 

यस घटनालाई केही सञ्चारमाध्यमहरुले उत्तर र दक्षिणको ‘बास्केटबल डिप्लोमेसी’ भनी व्याख्या गरेका छन् । ती सञ्चारमाध्यमहरुले दुई देशबीच पछिल्लो समयमा विकास भएको कूटनीतिक सम्बन्धमा यसले थप सुधार ल्याउने बताएका छन् । 

 

दक्षिण कोरियाली केही सञ्चारमाध्यमले बास्केटबल उत्तर कोरियाली नेता किम जोङ उनको सबैभन्दा मनपर्ने खेल हो । अहिले आएर उनको लोकप्रिय खेलका खेलाडीहरुले उत्तर कोरियाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिनुपर्ने बताइएको छ । 

 

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा यहाँका ५० जना बास्केटबल खेलाडीको सो प्रतिनिधिमण्डल मङ्गलबार उत्तर कोरियाको राजधानीका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बताइएको छ । 

 

उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समयमा यही जुन १२ मा सिङ्गापुरमा भएको वार्तापछि पहिलो पटक यी दुई देशका यति उच्च अधिकारीले भ्रमण गर्न लागेका हुन् । 

 

अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तापछि अमेरिका र उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । 

 

यी दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा हाल उत्तर कोरियाले काम गरिरहेको जानकारी गराइएको छ । 

 

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताउनुभएको छ । 

 

गएको जुन १२ मा सिङ्गापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिनुभएको समाचार आएको थियो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

  • 1 minute ago
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका

युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

  • 9 minutes ago
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि...

  • 16 minutes ago
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि...

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएको छ । दिल्ली पुलिसका अनुसार आरोपीको मानसिक अवस्था ठीक छैन।



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।