एनआरएनए मेरिल्याण्डको अध्यक्षका लागि घिमिरेको उम्मेदवारी
- बिहीबार, २१ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

मेरिल्याण्ड । नेपाली जनसंपर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सचिव डोलनाथ घिमिरेले एनआरएनए मेरिल्याण्ड अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । एनआरएनएको आसन्न निर्वाचनले गैर आवासीय नेपालीहरूको सामुदायिक वातावरण पनि तात्न थालेको छ यसैबीचमा घिमिरेको उम्मेदवारी आएको हो । तुलनात्मक रूपले सानै भएपनि संयुक्त राज्य अमेरिकाभरिका राज्यहरूमा सबैभन्दा बढी सदस्य हुने मध्ये ते़श्रो ठूलो राज्य मेरिल्याण्डको चुनावी माहौल पनि गर्माउन थालेको हो ।
को हुन् घिमिरे ?
सानै उमेर देखि राजनितिक तथा सामाजिक गतिविधिमा सक्रियतापूर्वक संलग्न डोलनाथ घिमिरे आफ्नो स्कूले जीवनमा नै चितवनको ऐतिहासिक हाई स्कुल शारदानगरको नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष भएका थिए । लोकतान्त्रिक आन्दोलनका दौरान पटक पटक थुनामा परेका उनी मनको कुरा स्पष्ट राख्ने हक्की स्वभावका मानिन्छन् । बुवाको प्रेरणाले सामाजिक गतिविधिमा लाग्न उत्प्रेरित बनेका डोलनाथ घिमिरे चितवन जिल्लामा अत्यन्त लोकप्रिय नाम हो ।रेडक्रस लगायत अन्य विभिन्न सामाजिक संघ संस्था तथा क्लबहरूमा सक्रीय थिए । रेडक्रसको आजीवन सदस्य समेत रहेका घिमिरेले सन् २०१२–१३ का लागि लायन्स क्लब भरतपुर हाइटको अध्यक्ष भई काम गरेको अनुभव संगालिसकेका छन् ।
अमेरिका आएपछि आफ्नै व्यवसाय संचालन गर्दै आएका घिमिरे सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय भेटिन्छन् । उनी यहाँको नेपाली समुदायका हरेक गतिविधिमा अहं भूमिकामा देखिन्छन्। नेपाली समुदायद्वारा निर्मित नेपालीहरूको धरोहर हिन्दु बुद्ध मन्दिरलाई एक हजार डलर दिई संस्थापक सदस्य बनेका उनले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा थप पाँच हजार दान गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
शिला उपहारको अवसर जुट्नु सौभाग्यः मुख्यमन्त्री अधिकारी
- 4 minutes ago
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन
- 9 minutes ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
- 13 minutes ago

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ,
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।