Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैनः महामन्त्री थापा

नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैनः महामन्त्री थापा


लुम्बिनी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् । उनले नेतृत्वका गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्नेसमेत बताए ।

दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि सोमबारदेखि आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले गाली गरेर कांग्रेस अग्लो नहुने तर नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने बताए । “अब पनि प्रश्न गर्न सकेनौँ भने गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ”, उनले भने, “पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ, पार्टीलाई ठीक ठाउँमा उभ्याउन सक्नुपर्छ ।”

महामन्त्री थापाले गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिने बताए । पार्टीभित्र परम्परागत सोच र चिन्तन हावी भएको उनको भनाइ छ । उनले भने, “हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।”

नेपाली कांग्रेसलाई बदल्नै पर्ने र कांग्रेसलाई बदल्न सबै बदलिनुपर्ने उनले बताए । “पार्टीभित्र माथिदेखि तलसम्म भएका सबै गुट भत्काऔँ”, उनले भने, “पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौँ, यही हो बदलिने भनेको ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले मुलुक आर्थिकरूपमा सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै साधारण खर्च बढ्ने तर पूँजीगत खर्च घट्ने अवस्थाले मुलुकलाई अहित गर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता

आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने माधवकुमार नेपालको चेतावनी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । शुक्रबार

प्रधानमन्त्री र एडीबीका उपाध्यक्षबीच लगानी सम्मेलनका विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

६ जना एसएसपीको सरुवा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र

२८ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय

Techie IT