Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलएसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित


काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायाे । साविक विजेता नेपाललाई हराउँदै यूएई एसीसी प्रिमियर कपकाे फाइनलमा पुगेकाे हाे । याेसँगै एसिया कपमा भारत, पाकिस्तानसँग खेल्ने नेपालकाे सपना समाप्त भएकाे छ ।

नेपालले दिएकाे १ सय २० रनकाे सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले २ तथा साेमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि ओमानकाे अल अमिरातमा टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायाे । नेपालका सन्दीप जाेराले अर्धशतक बनाए । सन्दीप ४० बलमा ५० रन बनाएर आउट भए । यस्तै गुल्सन झाले २०, करण केसीले १७ रन बनाए । यसैगरी कुशल भुर्तेल पहिलाे बलमै आउट भए । अन्य ५ जना ब्याटरले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । यूएईका जुनैद सिद्दिकी, अली नसीर र बसिल हमीदले समान २ विकेट लिए ।

एसीसी प्रिमियर कपकाे दाेस्राे सेमिफाइनलमा आजै ओमान र हङकङ खेल्दैछन् । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । अब नेपालले तेस्राे स्थानका लागि भाेलि खेल्नेछ । फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिया कप खेलेर फर्कियो महिला टीम

काठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ

महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दै

काठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

काठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् ।

महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना

Techie IT