मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला होः प्रम ओली
- बिहीबार, २ जेष्ठ, २०७६
- 3 years ago
- राजनीति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बरु अरुले प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द सभामुखले अभिलेखबाट हटाएको बताएका छन् ।
भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा एक प्रश्नको उत्तर दिँदै उनले संसद् मर्यादित थलो भएकाले यसको मर्यादा राख्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको जनाउँदै भने, “विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरु अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो । यो अनाहक र अनुचित ढङ्गले आएको छ ।”
सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रममाथि सांसद्ले उठाएको प्रश्नमाथि प्रतिनिधिसभामा जवाफ दिने क्रममा गत वैशाख २४ मा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी सांसद्बीच दोहोरी चलेको थियो । सभामुख कृष्णबहादुर महराले वैशाख २७ गतेको बैठकमा सो क्रममा प्रयोग भएका सबै असंसदीय अभिव्यक्ति अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग भएको ‘मेरो सरकार’ शब्दावलीप्रति कतिपय विपक्षी सांसद्ले व्यङ्ग्य गरेकामा प्रधानमन्त्री ओलीले त्यसो गरिनु अशोभनीय भएको बताएका थिए ।
संसद्मा हालै दर्ता भएका केही विधेयकमा उठेका प्रश्नबारे प्रधानमन्त्री ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै उनले सरकारले अघि सारेका विधेयकमा संसद्मा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको जनाए । ती विधेयकलाई संसद्ले यथोचित रुपमा पारित गर्ने विश्वास उनले व्यक्त गरे । सरकारले हालै राष्ट्रियसभामा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे नेपाल पत्रकार महासङ्घले विरोध गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीले भने, “असभ्यतालाई बहादुरी ठान्नु समाजका लागि चुनौती हो । विधेयकहरुमा छलफल र परिमार्जन गर्न सकिन्छ । आवेग र उत्तेजनामा आउन आवश्यक छैन । सरकारले कुनै पनि कानून हचुवाका भरमा ल्याउँदैन । आक्रोशपूर्ण, निराधार र अनुचित कुराहरुले समाजलाई विकृतितर्फ लैजान्छ ।” वर्तमान सरकार जननिर्वाचित सरकार भएकाले यसलाई कोष्ठभित्रको ‘कम्युनिष्ट’ सरकार भनेर कुटिल व्याख्या नगर्न पनि उनले आग्रह गरे ।
भ्रमण उपलब्धिमूलक
स्वदेश फर्केपछि प्रधानमन्त्रीबाट ओलीबाट जारी विज्ञप्तिमा ती मुलुकबीचको द्विपक्षीय सम्बन्ध थप विस्तार भएको र नेपालको छवि अन्तरराष्ट्रिय जगत्मा थप उज्यालो भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
उनी समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकी बुधबार स्वदेश फर्र्किएका हुन् । भियतनामसँग हवाई सम्झौता, आर्थिक, व्यापार र लगानी, पर्यटनका क्षेत्रमा सहकार्यका लागि गहन छलफल र सम्झौता भएको जानकारी उनले दिए । उनले आफूले भ्रमणका क्रममा गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएकाले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजनाका लागि प्रस्ताव गरिएको पनि बताए । ती मुलुक द्वन्द्वपछि विकासमा अग्रसर रहेको स्थितिमा नेपाललाई त्यहाँबाट सिक्ने मौका पाएको र नेपालले आफ्नो सफल शान्ति प्रक्रियाका बारेमा अन्तरराष्ट्रिय जगत्मा अवगत गराउन पाइएको बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 3 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 4 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 4 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।