Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियफ्रान्समा एक युवकको हत्याको विरोधमा प्रदर्शन जारी, २ सय प्रहरी घाइते

फ्रान्समा एक युवकको हत्याको विरोधमा प्रदर्शन जारी, २ सय प्रहरी घाइते


एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा प्रहरीले गोली हानेर एक बालकको हत्या गरेको घटनापछि सुरु भएको कोलाहल रोकिएको छैन ।

यो देशमा विगत ४ दिनदेखि व्यापक विरोध प्रदर्शन र आगजनी भइरहेको छ ।

आन्दोलनकारीले ब्यारिकेड लगाएर सडक अवरुद्ध मात्र गरेका छैनन्, प्रहरीमाथि समेत प्रहार हतियारले आक्रमण गरिरहेका छन् ।

यस हिंसात्मक प्रदर्शनमा २ सयभन्दा बढी प्रहरी घाइते भएका छन् भने हजारभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिरहेको छ।

मङ्गलबार सवारीसाधन चेकिङका क्रममा १७ वर्षीया नाहेलको हत्याको भिडियो पनि सार्वजनिक भएको छ र यो घटनाका कारण जनतामा चर्को आक्रोश छाएको छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार अभिभावकहरूलाई युवाहरूलाई घरमा राख्न आग्रह गरेका थिए ।

फ्रान्समा फैलिएको दंगालाई रोक्नको लागि सोशल मिडिया प्रतिबन्धको प्रस्ताव गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT