कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

  • सोमबार, ६ माघ, २०७६
  • 8 months ago
  • अर्थ

काठमाडौँ । काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मूल्यवृद्धिको मात्रा बढी देखिएको हो । बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कमा काठमाडौँ उपत्यकामा ७.६० प्रतिशतको हाराहारीमा मूल्यवृद्धि भएको छ । 

 

विसं २०७५ मङ्सिरमा काठमाडौँ उपत्यकाको उपभोक्ता मुद्रास्फीति मात्रै ३.६८ प्रतिशत रहेको थियो । यस्तै तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । आव २०७५/७६ को मङ्सिरमा तराईमा ३.६५ प्रतिशत पहाडमा ३.८४ प्रतिशत र हिमालमा ४.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो । 

 

बैंकका अनुसार गत मङ्सिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । गत मङ्सिरमा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको बैंकले जनाएको छ ।

 

थोक मुद्रास्फीतितर्फ गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१८ प्रतिशत रहेको थियो । सो अवधिमा प्राथमिक वस्तु समूहअन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवं छाला तथा छालाजन्य पदार्थको थोक मूल्यवृद्धि उच्च रहेको छ । 

 

४७ अर्बको निर्यात 

 

चालू आवको पाँच महिनामा कूल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ ।

 

पाम तेल, अलैँची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रडलगायतका वस्तुको निर्यात घटेको छ । चालू आवको पाँच महिनामा कूल वस्तु आयात ४.२ प्रतिशतले घटेर रु पाँच खर्ब ८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो ।

 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगञ्ज, विराटनगर, मेची, तातोपानी र कञ्चनपुर बाहेकका नाकाबाट गरिएको निर्यात घटेको छ । 

 

आयाततर्फ सुक्खा बन्दरगाह, मेची, तातोपानी, कञ्चनपुर र रसुवा बाहेकका भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ । पाँच महिनासम्ममा कूल वस्तु व्यापार घाटा ६।३ प्रतिशतले घटी रु पाँच खर्ब ३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।

 

विप्रेषण आप्रवाह तीन खर्ब ७७ अर्ब 

 

चालू आवको पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.१ प्रतिशत वृद्धि भई रु तीन खर्ब ७६ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ११.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३८.४ प्रतिशतले घटेको थियो । 

 

त्यस्तै पुनःश्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.४ प्रतिशतले घटेको थियो । यस्तै सो अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले कमी आई रु चार खर्ब २५ अर्ब ३६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति २९.८ प्रतिशतले बढेको थियो ।

 

७० अर्ब चालू खाता घाटा

 

यस्तै चालू आवको पाँच महिनामा चालू खाता घाटा रु ७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु एक खर्ब १९ अर्ब ३३ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा एक अर्ब चार करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ६१ करोड ७७ लाख रहेको छ । बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चिति रु पाँच अर्ब ६५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब ५७ करोड रहेको छ । यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति रु २३ अर्ब ३० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

  • 1 minute ago
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ९ बजेपछि मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । आजको बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय

लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

  • 34 minutes ago
लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।

नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

  • 38 minutes ago
नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

लण्डन । राष्ट्रिय दिवस एवं संविधान दिवसको उपलक्ष्यमा यहाँ लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।