Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थप्रभु बैंकले उपलब्ध गरायो नुवाकोटका किसानलाई सहुलियतपूर्ण ऋण

प्रभु बैंकले उपलब्ध गरायो नुवाकोटका किसानलाई सहुलियतपूर्ण ऋण


काठमाडौँ। प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराएको छ।

५ साउन २०७९ मा हेफर इन्टरनेशनल नेपालसँग भएको सम्झौता अनुसार अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको सहकार्यमा किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको बैंकले जनाएको छ।

बट्टारमा एक कार्यक्रमको आयोजना गरी ७ जना किसानलाई ४० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंक लिमिटेडका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माइक्रो फाईनान्स विभाग प्रमुख प्रविनकुमार दहालले संयुक्त रुपमा उक्त चेक किसानहरुलाई हस्तान्तरण गरेका थिए।

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष तामाङले यस्तो खालको कर्जा किसानलाई निरन्तर रुपमा उपलब्ध गराउन बैंकसँग आग्रह गरे।

हेफरले ४४ जिल्लाका करिब ४ लाख पिछडिएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT