चुनाव जितेकाे एक वर्षपछि रेशम चाैधरीले लिए सपथ

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले सांसद पदको सपथ लिएको छन् ।

 

आज सिंहदरबारमा आयोजित सपथ ग्रहण कार्यक्रममा टीकापुर घटनाका अभियुक्त रहेका चौधरीले सपथ लिएका हुन् ।

 

चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ खुवाएका थिए । उनलाई डिल्लीबजार कारागारबाट प्रहरीले सिंहदरबार ल्याएको थियो ।

 

सिंहदरबारस्थित कृषि समितिको हलमा भएको सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित थिए ।

 

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ ।

 

फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

 

राष्ट्रिय जनता पार्टीले लामो समयदेखि चौधरीलाई सपथ खुवाउनुपर्ने माग गर्दै आएको थियो । तर, सरकारले त्यसलाई वेवास्ता गर्दै आएको थियो ।

 

पछिल्लो पटक राजपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा सभामुखले सांसद चौधरीलाई सपथ खुवाएका हुन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

छोरी जन्मिए बैंक खातामा पाँच हजार

  • 39 seconds ago
छोरी जन्मिए बैंक खातामा पाँच हजार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ ।

कतार विश्वकपः इंग्ल्याण्डलाई पराजित गर्न सक्ला त सेनेगलले ?

  • 12 minutes ago
कतार विश्वकपः इंग्ल्याण्डलाई पराजित गर्न सक्ला त सेनेगलले ?

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गत इंग्ल्यान्डले सेनेगलसँग आमने सामने गर्दैछ ।

कस्तो छ पेलेको स्वास्थ्य अवस्था ?

  • 47 minutes ago
कस्तो छ पेलेको स्वास्थ्य अवस्था ?

एजेन्सी । फुटबल लिजेण्ड पेलेको स्वास्थ अवस्था स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।