आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • शुक्रबार, ३ माघ, २०७६
  • 8 months ago
  • युके

 

लण्डन । रोयल ग्रीनवीच नेपाली सोसाइटी (आरजिएनएस) ले सञ्चालन गरेको नेपाली भाषा कक्षा तेस्रो वर्ष प्रवेश गरेको छ । 

 

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत शनिबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो । 

 

सोसाइटीकी अध्यक्ष शर्मिला हिराचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुई दर्जन बढि विद्यार्थी र तीनका अभिभावक सहभागी थिए । 

 

 

कार्यक्रममा विद्यार्थी बालबालिकाहरुले नेपाली राष्ट्रिय गान, सरस्वति वन्दना र गायत्री मन्त्र प्रत्यक्ष सुनाएका थिए । उनीहरुले अभिभावकमाझ विभिन्न नृत्य देखाए ।  उनीहरुमाझ वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगितामा गराएर विजेतालाई पुरस्कृत गरिएको थियो । 

 

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले भाषा कक्षामात्र बेलायतमा हुर्किरहेका नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कृति सिकाउने सोसाइटीको कार्य प्रशंसनीय रहेको बताए । 

 

 

भाषा कक्षाका संरक्षक तथा सोसाइटीका पूर्व अध्यक्ष हरिगोविन्द गुरुङले भाषा कक्षाको हालसम्म सञ्चालन हुँदाको अनुभव सुनाए । 

 

सोसाइटीकी अध्यक्ष शर्मिला हिराचनले भाषा कक्षाका संयोजक, स्वयमसेवी शिक्षिकाहरु तथा सहयोगी सबैलाई धन्यवाद दिइन् ।

 

कार्यक्रममा सहभागी अभिभावकहरुले पनि आफ्ना बालबालिकालाई नेपाली भाषासंगै संस्कृति र परम्पराबारे पनि सिकाउन पनि कक्षा सहयोगी बनेको अनुभव सुनाए । 

 

 

सोसाइटी उपाध्यक्ष लिलादेवी गुरुङले स्वागत मन्तव्य दिएका कार्यक्रम महासचिव मञ्जु भण्डारी खरेल र कोषाध्यक्ष तथा भाषा कक्षा संयोजक कुमार जोशीले सञ्चालन गरेका थिए । 

 

हरेक साता २ घण्टा सञ्चालन हुने कक्षामा अहिले करिब ३० विद्यार्थी छन् । भाषा कक्षामा कुमार जोशी संयोजक तथा हरिगोविन्द गुरुङ संरक्षक छन् भने सरिता शर्मा र विष्णु शर्मा स्वयमसेवी शिक्षिका छन् । 

 

सोहि अवसरमा भाषा कक्षालाई सोसाइटीका उपाध्यक्ष जीत रानाभाटले सहयोग गरेका  ३५ वटा नेपाली वर्णमाला पुस्तक पनि हस्तान्तरण गरिएको थियो  । 

 

कार्यक्रमको समिक्षा बैठकमा विहिवार कार्यसमितिका पदाधिकारी 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

  • 22 minutes ago
बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

गलकोट । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ ।

आजको मौसमः हल्का वर्षाको सम्भावना

  • 41 minutes ago
आजको मौसमः हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

  • 1 hour ago
बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

जेन्सी । क्याटलान क्लब बार्सिलोनाले आफूले वार्षिक रुपमा आयोजना गर्ने जोआन गाम्पर ट्रफी जितेको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।