हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

file photo

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय  सिजस्कुसँग एकदमै मिल्छ ।

 

 

 सिजस्कुले लगातार २५ वर्षसम्म देशमा शासन गरे र यस्तो सम्म गरे की उनको डरबाट न मानिसहरु उनको बिरुद्धमा केही बोल्थे न त मिडिया नै । उनले आफ्नो इतिहास बनाउन प्रयास त गरे तर आज रोमानियाको इतिहास नै उनलाई रुचाउँदैन ।

 

 

  विश्वमा कैयौं तानाशाहहरु थिए तर  सिजस्कु जस्ता कोही थिएनन् । भन्ने गरिन्छ ६०–७० को दशकमा  सिजस्कुले आम सर्वसाधारणको निगरानी एकदमै तेज प्रहरीले राखेका थिए । कारण रहेको थियो मानिस आफ्नो जीवनमा के गर्दैछन् ? बीबीसीको एक रिपोर्ट अनुसार रोमानिया मा भारतका राजदुत बनिसकेका राजीव डोगराले बताए की  सिजस्कुले पार्कमा बसेका मानिसहरुमा पनि नजर राख्नका लागि चलाख एजेन्ट खटाइएको थियोे ।

 

 

 सिजस्कुलाई सरसफाईको यस्तो बिमारी थियो की उनी दिनमा २० पटकभन्दा बढी आफ्नो हात धुन्थे त्यो पनि रक्सीले । खासमा उनीमा डर रहेको थियो की उनलाई कहीँ इनफ्क्सन नहोस । यस हात धुने बिमारीको कारणे जब उनी सन् १९७९ मा बेलायत गएका थिए महारानी एलिजावेथसँग भेट्नका लागि त्यतिबेला पनि हरेक व्यक्तिलाई भेट गर्दै हात मिलाएपछि रक्सीले आफ्नो हात धुन्थे ।

 

 

 

यहाँसम्म की उनको लागि भन्दै हात धुनका लागि मात्र भन्दै एक रक्सीको बोतल राखिएको थियो ।  सिजस्कुको तानाशाही यतिसम्म बढेको थियो की रोमानियामा जनताहरुले राम्रोसँग खाना पनि पाएका थिएनन्, तर फलफुल र सागसब्जी तथा मासुहरु भने अर्को देशमा पठाइन्थ्यो  ।

 

 

पछि यसै तानाशाहको बिरुद्धमा जनताहरुले आवाज उठाउन थाले र ठाउँ–ठाउँमा विद्रोह पनि गरे । यसको नतिजा याे भयो की सन् १९८९ डिसेम्बर २५ मा  सिजस्कु र उनको श्रीमतीलाई पक्राउ गरियो र अदालतले दुबैलाई मृत्युदण्डको सजाय सुनाइयो ।

 

 

त्यसपछि  सिजस्कु र एलीनालाई गोली हानेर मारियो । यसैको साथमा  सिजस्कुको तानाशाही शासनको पनि अन्त्य भयो । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग

  • 37 minutes ago
कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग

सिमकोट । हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन २ हजार १३९ जनाको मृत्यु, विश्वभर ६ करोड नाघे संक्रमित

  • 1 hour ago
कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन २ हजार १३९ जनाको मृत्यु, विश्वभर ६ करोड नाघे संक्रमित

एजेन्सी । गत वर्षको डिेसेम्बरबाट चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।

'विश्वमै कोरोना भाइरसको संक्रमण दोहोर्याएर भएको विरलै'

  • 1 hour ago
'विश्वमै कोरोना भाइरसको संक्रमण दोहोर्याएर भएको विरलै'

काठमाडौं । विश्वमै अहिलेसम्म कोभिड–१९ को उपचार नभएको, एकै व्यक्तिलाई दोहोर्याएर सङ्क्रमण भएको घटना विरलै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।