Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालगौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु: प्रधानमन्त्री प्रचण्ड

गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिने विश्वास दिलाएका छन् ।

गौरा पर्व २०८० का सन्दर्भमा बिहीबार यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने विषयमा मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिए । उनले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने विषयमासमेत आफू सकारात्मक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले गौरा पर्वको अवसरमा राष्ट्रिय बिदा दिनका लागि तिथि तय गरी आउन सुदूरपश्चिम प्रदेशका नागरिकलाई आग्रहसमेत गरे ।

प्रधानमन्त्रीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय स्थापना गरी शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गर्दै तेस्रोपटक प्रधानमन्त्री हुँदा गेटा मेडिकल कलेजलाई चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले महाकाली करिडोर, दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासमेत अगाडि बढाइएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखेर आफूले गतिविधि अगाडि बढाएको जानकारी दिँदै ती प्रदेशका जनताको जीवनस्तर माथि नउठ्दासम्म मुलुक समृद्धिको चरणमा प्रवेश नगर्ने बताए ।

“ती प्रदेशका जनताको जीवनमा समृद्धि नआउँदासम्म, त्यहाँ समानता नआउँदासम्म कुनै समृद्धि आउँदैन”, उनले भने, “सुपको पहिचान, अधिकार र समृद्धिको पक्षमा आफू निरन्तर लागिरहेको छु ।” उनले गौरा पर्वको सबैलाई शुभकामना दिँर्दै बधाईसमेत व्यक्त गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन प्रधानमन्त्रीसमक्ष माग गरे । यस पर्व नेपालको सुदूरपश्चिम र कर्णालीका साथै भारतको उत्तराखण्डका केही भागमा समेत मनाउने प्रचलन रहेको उल्लेख गर्दै उनले यसको महत्वलाई स्थापित गर्न आवश्यक रहेकोमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले राष्ट्रिय बिदाका सम्बन्धमा केही अप्ठ्यारा रहेको जनाउँदै तिथिका आधारमा निर्णय गर्नुपर्ने भएकाले सहमति गर्नुपर्ने बताए । सबै नेपालीले यस पर्वलाई माया गरेकामा धन्यवाद दिँदए उनले गौराको महिमालाई थप विस्तार र विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा, एमाले नेता डा रावललगायतले देउडा खेलेका थिए । काठमाडौँ उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाले आजैका दिन गौरा पर्व मनाउने र देउडा खेल्ने प्रचलन छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT