वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

Global IME
Norvic Hospital

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्र सिमित नराखी आफुभित्रको उत्साहले आफुलाई नेतृत्व र निर्णय क्षमताको तहमा पनि स्थापित गर्न सक्षम भएका छन् ।

 

ती महिलाहरु मध्ये इटालीकी भौतिक वैज्ञानिक फाबिओला जानोती एक हुन् । २०१४ मा बेलायती अखबार द गार्डियनले उनलाई ‘ब्रह्माण्डको रहस्य कुञ्ज महिला’ संज्ञा दिएको थियो । उनले २०१६ मा स्वीजरल्याण्डस्थित संसारकै महत्वपूर्ण विज्ञान केन्द्र युरोपियन अर्गनाईजेशन फर न्यूक्लियर रिसर्चमा पार्टिकल फिजिक्सको नेतृत्व गरेकी थिइन् । १९९४ देखी फाबिओला उक्त केन्द्रमा एक महत्वपूर्ण विज्ञान खोजकर्ता थिइन् । सन् २००९ देखि २०१३ सम्म उनी लार्ज हेड्रन कोलोराइडमा एटलसको लागि प्रवक्ता बनिन् । उनले प्रकृतिमा धेरै मात्रामा पार्टिकल किन छ भन्ने विषयलाई विश्वसामु स्पष्ट पारिन् ।

 

प्रकृतिलाई आफ्नो पहिलो घर बताउने मानवशास्त्री क्रिस्टिना फिगेरस ३ पटक कोस्टारिकाका राष्ट्रपति बनेका जोसे फिगरस फेररकी छोरी हुन् । क्रिस्टिनाले २०१० मा कानकुन, २०११ मा डर्बन, २०१३ मा वार्सा र २०१४ मा लिमाको जलवायु परिवर्तन सम्मेलनको अगुवाई गरेकी थिइन् । उनी २०१२ र २०१६ को बीचमा संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्जको कार्यकारी सचिव रहिन् । २०१५ मा पेरिसमा भएको ऐतिहासिक जलवायु सम्झौतामा क्रिस्टिनाको महत्वपूर्ण भूमिका रह्यो ।

 

आफ्नो योगदानको कारण भारतकी किरण मजूमदार शालाई विज्ञानको दुनियाँमा पहिचानको अभाव छैन । बायोटेक्नोलोजीमा आफ्नो योगदान दिएको कारण उनलाई विज्ञान जगतमा उच्च स्थानमा राखिएको छ । सन् २०१० मा अमेरिकाको चर्चित अखबार टाइम्सले आफ्नो बार्षिक र्‍याङकिङमा उनलाई दुनियाँको १०० प्रभावशाली मानिसहरुमा राखेको थियो भने २०१४ मा फ्यूचर म्यागजिनले उनलाई एसिया प्यासिफिकको सबैभन्दा प्रभावशाली महिलाको करार दिएको थियो ।

 

अमेरिकाको म्यागजिन फोर्ब्सले दुनियाँको १०० शक्तिशाली महिलामध्येमा ७६औँ स्थानमा गोयन शटवेललाई राखेको थियो । कन्स्ट्रक्सन र इन्जिनियरिङको क्षेत्रमा संलग्न गोयन विशेषज्ञता अप्लाइड म्याथमा पनि रहेको छ । उनी स्पेसएक्सकी अध्यक्ष हुन् जुन स्पेस प्रविधिमा काम गर्छ ।

 

चिनीयाँ फिजिशियन मारग्राटा चान रोगाणुरोधकको लागि काम गर्छिन् । चानले गानरीअ जस्ता बिमारीको लागि मानिसहरुलाई सतर्क पारेकी थिइन् । उनी श्वाससम्बन्धी बिमारी र बर्ड फ्लूको पनि विशेषज्ञ हुन् । उनी विश्व स्वास्थ्य संगठनको महानिर्देशक पनि भएकी छिन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 21 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 2 hours ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।