Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालद्वारा जिम्बावेलाई २९१ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा जिम्बावेलाई २९१ रनको लक्ष्य प्रस्तुत


काठमाडौँ। नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको हो।

जिम्बावेको हरारे स्पोट्स क्लबमा जारी खेलमा नेपालले टर हारेर पहिला ब्याटिङ गरेको थियो। नेपालले ५० ओभरको समाप्तीमा ८ विकेट गुमाएर २९० रन बनाउँदै २९१ रनको लक्ष्य प्रस्तुत गरेको हो।

नेपालको लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडे। उनले ९९ रनको योगफल बनाए। त्यस्तै, आशिफ शेखले ६६ रन जोडे। कुशल मल्लले ४१, रोहित पौडेलले ३१, गुल्सन झाले १३, आरिफ शेखले १०, दीपेन्द्र सिंह ऐरीले ६ रन तथा सोमपाल कामीले २ रन बनाए।

बलिङतर्फ जिम्बावे रिचार्ड नागराभाले ४ विकेट लिए। उनले रोहित पौडेल, आरिफ शेख, गुल्सन झा र भीम सार्कीको विकेट लिएका हुन्। त्यस्तै, विलिङ्टन मासाकाट्जाले कुशल भुर्तेल र आशिफ शेखको विकेट लिए।

टन्डाई चताराले कुशल मल्ल तथा ब्लेसिङ मुजाराबानीले दीपेन्द्र सिंह ऐरीको विकेट लिएका हुन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

Techie IT