सिरियामा ६० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । सिरियामा भएका पछिल्ला घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको छ । सिरियाली सेना र सशस्त्र समूहहरुबीच भएका झडपमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  

 

युद्वको अनुगमन गर्ने बेलायतसँग आवद्ध ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राईट्स’ले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ३८ जना जियादी र उनीहरुसँग आबद्ध विभिन्न विद्रोही समूहका व्यक्ति रहेका छन् ।

 

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तमा बिहीबार राती सो घटना भएको अधिकारीहरुले जनाएका छन् । 

 

त्यसैगरी जियादीहरुको कब्जामा रहेको मारेट अल नुमाननजिकै भएको भिडन्तमा परी २३ जना सिरियाली सरकार समर्थित सेनाको  मृत्यु भएको छ । 

 

सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । 

 

केही महिनापछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरुको संलग्नता हुदै गयो । सन् २०११ देखि हालसम्म सिरियामा ३ लाख ७० हजार भन्दा सर्वसाधारणको ज्यान गएको छ । 

 

लाखौको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका छन।। दशौं लाख व्यक्ति आफ्नो देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वृद्धवृद्धाको पिडा पाएनन् दशैंभत्ता

  • 2 minutes ago
वृद्धवृद्धाको पिडा पाएनन् दशैंभत्ता

खाँदबारी । खाँदबारीका वृद्धवृद्धाको यस सालको दशैँ खल्लो हुने भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन् ।

‘पिरिम नलाउने’का गायक आशिषको ‘पानी बादलु’मा एलिशा, सरोज र आश्माको अभिनय

  • 20 minutes ago
‘पिरिम नलाउने’का गायक आशिषको ‘पानी बादलु’मा एलिशा, सरोज र आश्माको अभिनय

काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी–पछ्यैरी’लगायतका चर्चित गीतका लोकप्रिय गायक आशिष सचिन (गौतम) को नयाँ गीत ‘पानी बादलु’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘पानी बादलु’ बोलक

राष्ट्रपतिबाट कोरोना उपचार कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

  • 28 minutes ago
राष्ट्रपतिबाट कोरोना उपचार कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गरेकी छन् ।



पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।