सिरियाली सरकारको गोलाबारीमा टर्कीका चार सैनिकको मृत्यु

एजेन्सी । सिरियाको इद्लिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सोमबार सिरियाली सरकारले गरेको गोलाबारीमा कम्तीमा चार टर्कीज सैनिकको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ । 

 

मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा अन्य नौ जना सैनिक घाइते भएका र जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सिरियाली सैनिकले गरेको यस गोलाबारीका टर्कीका सेनाले प्रतिकार गरेका बताइएको छ । 

 

सिरियाली सरकारद्वारा जारी आक्रमणहरुलाई रोक्नको लागि टर्कीमा १२ वटा पर्यवेक्षण पोष्ट रेहका छन् । यी पोष्टहरु टर्की र रुसबीच भएको सम्झौताको एक हिस्सा पनि हो । 

 

उक्त पर्यवेक्षण पोष्टहरूमा टर्कीले थप सेना पठाएको स्थानीय सेनाले आइतबार समाचार प्रकाशन गरेपछि सिरियाली सरकारको तर्फबाट सो गोलाबारी भएको बताइएको छ ।

 

दमासकसका शासकहरुले टर्कीविरुद्ध यस प्रकारका प्रहार गर्दा सिरियाको विरुद्ध सैन्यशक्ति प्रयोग गरिने टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगानले गत हप्ता चेतावनी दिनु भएको थियो । 

 

टर्कीमा हाल ३५ लाख भन्दा बढी सिरियाली शरणार्थी रहेका छन् । इद्लीबमा नयाँ हिंसाबाट अन्य थप शरणार्थी  आगमनको डर रहेको बताइएको छ ।

 

लाखौँ सिरियाली शरणार्थी प्रायः टर्की र सिरियाको सीमातर्फ भागेका छन् । टर्कीले सिरियाको सीमा क्षेत्रमा शरणार्थीहरुलदाई आश्रय दिन घरहरू बनाउँदै गरेको एर्डोगानले यसअघि नै बताउनु भएको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राष्ट्रपति भण्डारीले गरिन् पुनः निर्माण गरिएको रानीपाेखरीको उद्घाटन

  • 9 minutes ago
राष्ट्रपति भण्डारीले गरिन् पुनः निर्माण गरिएको रानीपाेखरीको उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनः निर्माण गरिएको रानीपोखरीको आज उद्घाटन भएको छ । विस २०७२ सालमा गएको भुकम्पपछि पुनःनिमार्ण गरिएको रानीपोखरीको राष्ट्रपति भण्डारीले उद्धाटन गरेकी हुन्

ऐतिहासिक रानीपोखरीको राष्ट्रपतिद्धारा उद्घाटन (फोटोफिचर)

  • 13 minutes ago
ऐतिहासिक रानीपोखरीको  राष्ट्रपतिद्धारा  उद्घाटन (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरेकी छिन । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्र

वृद्धवृद्धाको पिडा पाएनन् दशैंभत्ता

  • 16 minutes ago
वृद्धवृद्धाको पिडा पाएनन् दशैंभत्ता

खाँदबारी । खाँदबारीका वृद्धवृद्धाको यस सालको दशैँ खल्लो हुने भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन् ।



पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।