Techie IT
२०८१ जेठ ५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थलगातार चौथो दिन पनि शेयर बजार बढ्यो

लगातार चौथो दिन पनि शेयर बजार बढ्यो


काठमाडौँ। शेयर बजार लगातार चौथो दिन आज पनि वृद्धि भएको छ। हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से ५ दशमलव ८८ अङ्कले बढेर १ हजार ८८३ दशमलव २० विन्दुमा पुगेको छ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर उकालो लागेको छ। होटल र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ।

बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ। आज २७३ वटा कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर १ अर्ब ६० करोड ४ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो।

आज सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थान र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज आदर्श लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

महिला सशक्तीकरणका लागि लक्ष्मी सन्‌राईज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सन्‌राईज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत

नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थप

काठमाडौँ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ । बुधबार बसेको

शेयर बजारमा झिनो अङ्कको वृद्धि

काठमाडौँ । आज बिहीबार शेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ७९

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज हालसम्मकै उच्च भएको

निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपुत नियुक्त

काठमाडौँ । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमा

Techie IT