विश्वकै सबैभन्दा कडा कानुन भएका देशहरु !
- बिहीबार, ३१ साउन, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

लागुपदार्थको सेवन र ओसारपसारले हरेक देशको टाउको दुखाइको विषय बनेको छ । यसको नियन्त्रण गर्नको लागि हरेक देशमा कडा कानुन समेत बनाइएको छ ।
लागुपदार्थको उत्पादन, तस्करी, बिक्रि वितरण र सेवन रोक्नको लागि कडा कानुन बनाइ पनि यस्ता आपराधिक घटनाहरु भने कम हुन सकेका छैनन् । आउनुहोस् हेरौ विश्वको सबैभन्दा कडा कानुन भएका देशहरु
१०. जापान
जापानको कानुनलाई धेरै कडा मानिन्छ । यहाँको ड्रग सम्बन्धि कानुन त झनै कडा रहेको छ । यहाँ ६८ किसिमका ड्रगहरुको उत्पादन र बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको छ ।
९. स्विडेन
स्विडेनले पहिले ‘मेथाफेटामाइन’ डाक्टरको सिफारिसमा प्रयोग गर्न दिन्थ्यो तर, त्यसको दुरुपयोग भएपछि उक्त ड्रगलाइ अवैध घोषणा गरिएको थियो । अहिले त्यसको सेवन गर्ने र तस्करी गर्नेहरुलाई कडा सजाय दिने कडा कानुन ल्याएको छ ।
८. भियतनाम
भियतनामको लागुपदार्थ दुव्र्यसनीहरुलाई कारबाहि गर्ने अलग्गै तरिका छ । यो देशमा दुव्र्यसनीहरुलाई सरकारले सञ्चालन गरेको पुर्नस्थापना केन्द्रमा पठाइन्छ जहाँ उनीहरुलाई उपचारको साटो कडा अनुशासनमा र शारिरिक यातना दिइन्छ तथा निशुल्क श्रम गर्न लगाइन्छ ।
७. युनाईटेड अरब इमिरेट्स
लागुपदार्थको सेवन गर्नेहरुलाई कडा कारवाहि गर्ने देशको रुपमा युएईलाई पनि चिनिन्छ । युएईको कानुन अनुसार अवैध मानिएको डगहरुको कारोवार गर्ने, सेवन गर्ने र तस्करी गर्नेलाई कडा सजाँय दिइन्छ ।
६. चीन
वर्षमा करिब ५०० जनालाई मृत्युदण्ड दिने चिनले लागुपदार्थको सेवन र कारोबार गर्नेलाई समेत कडा कारवाहि गर्छ । लागुपर्दाथको बिक्रि वितरण, उत्पादन गर्नेलाई आजिवन कारावासको साथै मृत्युदण्ड समेत हुन सक्छ ।
५. साउदी अरब
यो इस्लामिक देश कानुनको मामलामा धेरै कडा छ । मदिरालाई समेत अवैध मानिएको यो देशमा अन्य प्रतिबन्धित लागुपदार्थको सेवन, कारोबार गर्नु भनेको धेरै ठूलो अपराध मानिन्छ । हत्यारा र बलात्कारीलाई जस्तै लागुपदार्थ तस्करी गर्नेलाई सार्वजनिक ठाँउमा मृत्युदण्ड दिइन्छ ।
४. इन्डोनेसिया
यदी तपाई मृत्युदण्डलाई डरलाग्दो सजाँय मान्नुहुन्छ भने तपाईलाई इन्डोनेसियाको लागुपदार्थ सम्बन्धि सजाँयको बारेमा थाहा नहुन सक्छ । इन्डोनेसियामा लागुपदार्थ कारोबार गर्नेलाई सजाँय दिनको लागि फाइरिङ स्क्वाडको नै प्रयोग गरिन्छ ।
३. इरान
यो इस्लामिक देशमा लागुपदार्थको तस्करी गर्नेलाई मृत्युदण्ड दिने गरिन्छ । यो देश आफ्नो कानुन पालना गर्नमा यति प्रतिबद्ध छ कि गएको केही दशकमा मात्रै यस देशमा १० हजार लागुपदार्थ दुव्र्यसनी र तस्करहरुलाई मृत्युदण्ड दिइएको छ ।
२. मलेसिया
मलेसिया लागुपदार्थको नियन्त्रण गर्न कडा कानुन बनाउनेमा छिमेकी देश सिङ्गापुर भन्दा कम छैन । यस देशमा ७ औंस भन्दा बढि गाँजा वा आधा औंस हेरोइन साथमा भेटीयो भटिएमा मृत्युदण्ड दिइन्छ ।
१. सिङ्गापूर
सिङ्गापूर आफ्नो कडा कानुनको लागि संसारभर प्रख्यात छ । सानो हुलदंगा गर्नेले त धेरै पछुताउन पर्ने यो देशमा लागुपदार्थ साथमा भेटियो भने त मृत्युदण्ड नै हुन्छ । कम्तिमा १७ औंस गाँजा वा आधा औंस कोकेन वा हेरोइन साथमा भेटियो भने उक्त व्यक्ति तस्कर मानिन्छ । सिङ्गापूरमा सन् १९९१ देखी २००४ को बिचमा ४ सय जना लागुपदार्थ तस्करहरुलाई फाँसीको सजाँय दिइएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित
- 7 hours ago

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोज
बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल
- 10 hours ago

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
- 10 hours ago

एजेन्सी । सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।