पर्यटन प्रवर्द्धनकाे लागि सात परिपथ

फाइल फाेटाे

चितवन । राप्ती नगरपालिकाका सात पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवर्द्धनको काम शुरु गरिएको छ । नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न लागिएको हो । 

 

नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक वनलाई खुला चिडियाखानाको रुपमा विकास गरिँदैछ । त्यसको पूर्वतर्फ रहेको दृश्यावलोकन स्तम्भ र वागीश्वरी मन्दिरलाई व्यवस्थित गरिँदैछ । 

 

जिल्लाका विभिन्न क्षेत्र अवलोकन गर्न सो स्थल प्रभावकारी हुने छ । सोही ठाउँबाट पैदलयात्रा गर्दै पुगिने अनेमङग भन्ने ठाउँमा विशाल बौद्ध विहार बनाइँदैछ । लामाले सो ठाउँ बुद्ध धर्मावलम्बीको आस्थाको धरोहरको केन्द्र बनाइने बताउनुभयो । अनेमङबाट उत्तरतर्फ जिल्लाको अग्लो ठाउँ चितवनसहित छिमेकी सबै जिल्ला सहजै अवलोकन गर्न सकिन्छ । 

 

मन्दिरसम्म जानका लागि ५०० मिटर सिढी बनाउने र रात बिताउनका लागि संरचना निर्माण गर्ने तयारी गरिएको छ । यसको नजिकै नोकु गुफा रहेको भन्दै उहाँले सो गुफाको सबै क्षेत्र अवलोकन गर्न दिनभर लाग्ने बताए । गुफालाई व्यवस्थित गरेर पर्यटकीय संरचना निर्माण गरिने लामाको भनाइ छ । 

 

राप्ती नगरपालिका–४ भवानीपुरमा पर्या–पर्यटन प्रवर्द्धनका लागि काम थालिने भएको छ । सोही क्षेत्र नजिकै नागदह र नागको मूर्ति तथा जातिय सङ्ग्रहालय र उद्यान निर्माण गरिने भएको छ । 

 

वडा नम्बर ९ मा बाह्रै महिना गुलाफ फूल फुल्ने गर्दछ । वनको बीचमा रहेको सो रमणीय क्षेत्रमा पानीका तालतलैया पनि रहेका छन् । सातवटै स्थानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । हालसम्म चार ठाउँको प्रतिवेदन तयार भइसकेको भन्दै उनले सबै काम सम्पन्न गर्न करीब रु दुई अर्ब लाग्ने अनुमान रहेको बताए । 

 

नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकार मिलेर राप्तीमा सात परिपथ निर्माण गर्न सकेमा देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जनाइएको छ । राप्तीको सात परिपथलाई सौराहा, लुम्बिनी, काठमाडौँ र पोखरासँग जोड्न सकिने छ ।  

 

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले राप्तीमा पर्यटन प्रवर्द्धन गर्न सकिएमा यहाँ आउने पर्यटकको सङ्ख्या थपिने र बसाइ लम्ब्याउन सकिने बताए । वन र वन्यजन्तुमा आश्रित यहाँको पर्यटन क्षेत्रलाई विस्तार गर्न जरुरी रहेको सरोकारवाला बताउँछन् । 

 

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले राप्तीमा सेभेन सर्किट निर्माण गर्नसकेमा पर्यटकलाई नयाँ गन्तव्य दिन सकिने बताए । प्रचुर सम्भावना रहेर पनि राप्ती ओझेलमा परेको भन्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यान राप्तीको पर्यटन प्रवद्र्धनमा जानुपर्ने बताए । (रासस)


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाकाे मृत्यु

  • 1 hour ago
नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १६ जना मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८८८ कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँका १ हजार ५ सय ८ जना, भक्तपुरका १३१ जना र ललितपुरका २४९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन

नेपालमा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।