रोम, लिभरपुल र जेद्दाहको नतिजाको कारण भालभर्देको जागिर चट्

  • मंगलबार, २९ पुष, २०७६
  • 6 months ago
  • खेल

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले साढे २ वर्ष लामो समयपछि प्रशिक्षक अर्नेष्टो भालभर्देलाई बर्खास्त गरेको छ । भालभर्दे बार्सिलोनामा केही सानो कारणले मात्रै असफल भए । उनले दुई सिजन ला लिगा उपाधि सहित बार्सिलोनालाई ४ महत्वपूर्ण उपाधि जिताए । 

 

सन् २०१७ मा लुइस इन्रिकेपछि आएका उनले टिमको ९५ वटा ला लिगा खेलको व्यवस्थापक बन्दा उनले ६६ खेलमा जित हासिल गरे । सिजन २०१७–१८ मा उनले बार्सिलोनालाई ९३ अंकको साथ उपाधि जिताए । तर, सो सिजन उनी रोममा फ्ल्प भए । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो खेलमा रोमाविरुद्ध बार्सिलोनाले घरेलु मैदानमा ४–१ गोलको जित निकाले पनि रोमामा भएको दोस्रो लेगमा ३–० गोलको हार व्यहोर्दादेखि उनको आलोचना भएको हो । पहिलो लेगको राम्रो जितलाई उनले उपयोग गर्न नसक्दा रोममा भलभर्देको टिम चिप्लियो । 

 

त्यस्तै, सिजन २०१८–१९ मा बार्सिलोनाले ८७ अंकको साथ घरेलु लिगको उपाधि जित्यो । तर, उक्त सिजन पनि बार्सिलोना च्याम्पियन्स लिगमा चिप्लियो । क्याम्प नाउमा भएको च्याम्पियन्स लिग अन्तर्गतको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध ३–० गोलको जित निकाले पनि लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको दोस्रो लेगमा भने अप्रत्यासित रुपमा ४–० गोलको हार व्यहोर्दा उनी थप दबाबमा परे । तै पनि उनीमाथि क्लबले विश्वास गर्यो । कोपा डेल रेको फाइनलमा भ्यालेन्सियाविरुद्ध पनि बार्सिलोना पराजित भयो । तै पनि क्लबले उनलाई जारी सिजनको जिम्मेवारी दिने निर्णय गर्यो । 

 

 

जारी सिजनको घरेलु लिगमा बार्सिलोना हालसम्म शीर्ष स्थानमा छ तर, ३ खेल हारिसकेको छ । त्यस्तै, साउदी अरेबियाको जेद्दाहमा भएको स्पेनिस सुपर कपको फाइनलमा एट्लेटिको मड्रिडसँग बार्सिलोना पराजित भएपछि बार्सिलोना बोर्डले पनि उनिविरुद्ध विश्वास गर्न सकेन । एट्लेटिकोसँग ३–२ गोलले पारजित भएपछि उनी दबाबमा आए । त्यसपछि बार्सिलोनाको बोर्डले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

भालभर्देले बार्सिलोनाको १४५ खेलको जिम्मा लिन पाए । त्यसमध्ये ९७ खेलमा जित, ३२ खेलमा बराबरी तथा १६ खेलमा हार व्यहोरे । उनको टिमलले जम्मा २३८ गोल पनि गरेको थियो । 

 

उनी १७ वर्षपछि बर्खास्ती भोग्ने पहिलो प्रशिक्षक बनेका छन् । यसअघि बार्सिलोनाले सन् २००३ मा लुइस भ्यान हाललाई प्रशिक्षकबाट निकालेको थियो । 

 

अब भालभर्देले सम्हालेको जिम्मेवारी रियल बेटिसका पूर्व प्रशिक्षक क्विके सेटियनले सम्हाल्नेछन् ।


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 1 hour ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1 hour ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 1 hour ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।