चम्किला तरकारीमा विषादी
- बिहीबार, २४ जेष्ठ, २०७५
- 4 years ago
- समाचार

काठमाडौं । बजारमा भित्रिने तरकारीमा छ्यापछ्याप्ती विषादीको प्रयोग हुने गरेको भेटिएको छ। बाली संरक्षण निर्देशनालयले सबै तरकारी र फलफूलमा ५ देखि १० प्रतिशतसम्म विषादीको मात्रा प्रयोग हुने गरेको बताएको छ। बाली संरक्षण निर्देशनालयका अधिकृत मानबहादुर क्षेत्रीले गोलभेडा, करेला, काउली, सिमी, बोडीमा बढी मात्रामा विषादीको प्रयोग हुने गरेको बताउनुभयो।
कालीमाटी तरकारी बजारमा दैनिक ७० भन्दा बढी प्रकृतिका तरकारी र फलफूल भित्रिने गरेको छ। क्षेत्रीकै नेतृत्वमा टोली खटिएर विषादीको मात्रा जाँच्ने भए पनि पर्याप्त भने छैन। बाली संरक्षण निर्देशनालयबाट खटिएको टोलीले दैनिक ८ देखि १० वटा तरकारीको मात्र नमुना परीक्षण गर्ने गरेको छ।
कृषि प्राविधिकको सल्लाहबमोजिम मात्रै तरकारी तथा फलफूलमा विषादीको प्रयोग गरिनुपर्ने बाली संरक्षण निर्देशनालयले जनाएको छ। कुल विषादीको ३ प्रतिशत घातक अर्थात् प्रतिबन्धित विषादी किसानले प्रयोग गर्ने गरेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। सीमा क्षेत्रबाट लुकिछिपी रातो डिब्बाको विषादी भित्रिने गरेको अधिकृत क्षेत्रीले बताउनुभयो।
टेकुका अनिल अधिकारी बेलुकीको समयमा फलफूल किन्न कालिमाटी पुगे। उनले पहेंलो रङ देखिने आँप किने। विषादीको बारेमा जिज्ञाशा राख्दा अधिकारीले भने– ‘के गर्नु देखिँदा पहेंलो देखिन्छ। खानै प¥यो विषादीको प्रयोग हुन्छ होला। मलाई त केही थाहा छैन यो विषयमा।’
विषादी प्रयोग भएको तरकारी चाँडै सड्ने गरेको छ। कीर्तिपुरकी सविना केसीले नयाँ बजार गेटमा करेला किनिन्। तर, कोठामा पुग्दा करेलामा सानो खालको कीरा देखियो। सविनाले भनिन्– ‘हतार थियो छिटोछिटो किनेको त कीरा रैछ। के गर्नु, ध्यान नदिएर किन्दा यस्तो भयो।
यी त प्रतिनिधि पात्र मात्र हुन्। दैनिक लाखौं जनता विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य छन्। गत पुसमा धादिङबाट आएको सिमीमा विषादीको मात्रा अत्यधिक देखिएको थियो।
कृषकदेखि विक्रेतासम्मले विषादीको प्रयोग सुरक्षित तवरबाट नगरेको विषादीको मात्रा जाँच्दै आउनुभएका जागेश्वर शर्मा बताउनुहुन्छ। तरकारी लगाए पनि समय नपुग्दै टिप्दा विषादीको मात्रा बढ्दै गएको बाली विज्ञहरू बताउँछन्। आजको नेपाल समाचारपत्रबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 29 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
प्रयोग नै नगरी थन्कियो दमकल
- 2 hours ago

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा
Paul Shah to be presented before court
- 3 hours ago

The High Court Pokhara has issued an order to present act Purna Bikram (Paul) Shah before the court. Shah is currently in Tanahun Jail after the Nawalpur court found him guilty in the case of child mo
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।